तीजको मौलिक संस्कृति बचाउन आग्रह


प्रकाशित मिति :2015-08-31 12:47:57

महिला खबर

बुटवल, भदौ १४। तीजको मौलिक सस्कृति बचाउन तीजलाई मौलीक रुपमै मनाउनुपर्ने सरोकारवालाहरूले बताएका छन्।
सञ्चारिका समूह लुम्बिनी र बुटवल उपमहानगरपालिकाले आज बुटवलमा आयोजना गरेको मौलिक संस्कृति र सभ्य तीजका लागि सरोकारवालाहरूको भूमिका विषयक कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन्।

तीजका गीतलाई रत्यौलीका रुपमा गाउँदा र उश्रृंखलता प्रस्तुत गर्दा तीजको मौलिकता हराएको भन्दै यसलाई सुधार्न माग गरे। उनीहरूले महिलालाई केन्द्रभागमा राखेको एक मात्रै पर्व तीज भएकाले यसलाई बचाउनु सबै महिलाको दायित्व भएको बताए। तीजका गीत मात्रै होइन दर खाने र मनाउने प्रचलन पनि भड्किलो बनेकाले यसलाई सामान्यीकरण गर्नुपर्ने उनीहरूको सुझाव थियो।

साहित्यकार गङ्गा खनालले धार्मिक रुपमा शौभाग्यकालागि मनाउने तीज महिलाहरूले आफ्ना सुखदुख पोख्ने र चेतनाप्रवाह गर्ने सास्कृतिक पर्वसमेत भएकाले त्यसैअनुसार अगाडि बढाउन आग्रह गरिन्। तीज सभ्य नागरिकले मनाउनै छोड्ने र नयाँ पीँढीले बुझ्नै नसक्ने अवस्थामा पुगेकाले यसको मौलिकता सभ्यता खोज्न आग्रह गरिन्।

कार्यपत्रमाथि टिप्पणी गर्दै बुटवल कला संस्कृति तथा साहित्यीक प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार दिपक ज्ञवालीले गीत संगीत तथा साहित्य देशको गहना र समाजको ऐना भएकाले यसलाई बिगार्न नहुने बताउनुभयो। गीत संगितमाथि उश्रृंखलता बढ्दा समाजमा हिंसा र विकृति बढेको भन्दै तीज गीतमा भित्रिएको विकृतिलाई पनि बेलैमा सुधार्न आग्रह गर्नुभयो।

बुटवल उप महानगरपालिकाका निमित्त प्रमुख विष्णु खनालले नयाँ पुस्तालाई तीजको मौलिकता महत्व बुझाउन र सबैले गाउन र नाच्न सक्ने बनाउन सबै निकाय सचेत हुनुपर्ने बताउनुभयो। संगीतकार सुरेश सेन्चुरीले गीत गाउनेदेखि अभिनय गर्ने , निर्देशन गर्ने र निर्णायक बस्नेसम्मले गीतको मौलिकता बचाउन काम गर्नुपर्ने सुझाव दिनुभयो।

गायक लोकेन्द्र शाहले सस्तो लोकप्रियताका कारण कलाकार उश्रृंखलतामा लागेपनि बिस्तारै यसलाई सही धारमा ल्याउन सरोकारवालाहरू जुट्नुपर्ने बताउनुभयो। गायक प्रचण्ड जीसीले निगरानी गर्ने निकाय नहुँदा तीज गीतमा विकृति बढेको भन्दै उनीहरूले सरकाले समेत यसमा ध्यान दिनुपर्ने बताए।

सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलको अध्यक्षता र महासचिव निरु गौतमको सञ्चालनमा भएको कार्यक्रममा सञ्चारिका समूह लुम्बिनीका सल्लाहकार माया गौतम, पुनरावेदन अदालत बुटवलका अध्यक्ष अधिवक्ता मीना पाण्डे, महिला जेसीज बुटवलका अध्यक्ष ज्ञानधरा पन्त, स्वास्थ्य स्वयमसेविका संघका उपाध्यक्ष शारदा सुवेदी, रेडियो मुक्तिका अध्यक्ष सावित्रा अर्याललगायतले तीजको मौलिकता खोज्न आग्रह गर्नुभएको थियो।

प्रकाशित मितिः २०७२ भदौ १४ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: