महिलाद्वारा सञ्चालित सहकारीमा बाह्र करोडको कारोबार


प्रकाशित मिति :2015-08-31 13:07:18

महिला खबर

म्याग्दी, भदौ १४। म्याग्दीको ग्रामीण क्षेत्रमा महिलाले संचालन गरेका सहकारी संस्थाले एक वर्षको अवधिमा १२ करोड रुपैयाँ भन्दा बढीको कारोबार गरेका छन्। सानो पुँजीमा सञ्चालन गरेका सहकारीहरू ग्रामीण क्षेत्रका आर्थिक रुपमा विपन्न महिलाको आयआर्जन बढाउन र रोजगारी दिन सहयोगी बनेका छन्। प्लान नेपालको सहयोगमा सहमति संस्थाद्वारा संचालित सहकारी प्रवर्द्धन कार्यक्रममार्फत जिल्लाका २७ वटा गाविसमा महिलाले सहकारी सञ्चालन गरेका छन्।

ती संस्थाले आर्थिक वर्ष २०७१/७२ मा १२ करोड छ लाख ७७ हजार ४०४ रुपैयाँको कारोबार गरेको सहमति संस्थाका जिल्ला संयोजक शिव सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार २७ वटा गाविसका १७ हजार ६१३ घरधुरीमध्ये ११ हजार ६७७ घरका १३ हजार १६७ जना सहकारीमा आवद्ध छन्। यी २७ वटा गाविसका ९५ प्रतिशतभन्दा धेरै घरधुरी सहकारीमा आवद्ध भएका छन्।

विभिन्न बस्तीमा गठन भएका ५१७ वटा महिला समूहको सिफारिसका आधारमा विनाधितो ऋण लगानी र बचत संकलन गर्ने व्यवस्था मिलाइएको छ। महिला सहकारी मार्फत बिना धितो ऋण लिएर महिलाले तरकारी खेती, सिलाइ कटाइ, व्यापार व्यवसाय, घरखर्च चलाउन, कुखुरा, बाख्रा, भैँसीपालन गर्नुका साथै छोराछोरीको शिक्षा र स्वास्थ्यमा लगानी गर्ने गरेका छन्। गत वर्ष १० करोड दुइ लाख ८९ हजार ७६७ रुपैयाँ लगानी भएकामा एक हजार २०४ जनाले कृषि र गैरकृषिजन्य उद्यमकालागि ऋण लिएका थिए।

सहकारीबाट ऋण लिएर उद्यम शुरु गरेकाहरूले एक वर्षको अवधिमा दुई करोड ३४ हजार रुपैयाँ आम्दानी गरेको संयोजक सुवेदीले जानकारी दिनुभयो। ग्रामीण बस्तीम्ाा सहकारी संचालन भएपछि स्थानीयबासीमा बचत गर्ने बानीको विकास हुनुका साथै सहज रुपमा कर्जा पाउने भाएकाले आर्थिक क्रियाकलाप गर्न सजिलो भएको देवीस्थानकी पिपला बुढाथोकीले बताउनुभयो।

सहमतिले महिला सहकारी स्थापना र संचालनका लागि सहजीकरण, कर्मचारीको व्यवस्था, सहकारी व्यवस्थापन र महिलाको नेतृत्व तथा क्षमता विकासका लागि सहयोग गर्दै आएको छ।

प्रकाशित मितिः २०७२ भदौ १४ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: