बजारको खोजीमा रोल्पाली महिला उद्यमी


अल्लोबाट बनेका बस्तुले बजार नपाउँदा समस्या

प्रकाशित मिति :2015-08-31 15:09:07

ईश्वरी जी.एम.

रोल्पा, भदौ १४। रोल्पा जिल्लाका महिला उद्यमीले स्थानिय अल्लोको धागोबाट उत्पादन गरेका कपडालाई बाहिरी जिल्लामा समेत बिस्तार गर्न लागि परेकाछन्।

जिल्लाको ह्वामा, धवाङ, लिवाङ, सेरम, उवा, ,इरिबाङ, मिरुल, कुरेलीलगायतका गाविसका महिला उद्यमीले २०६८ सालदेखि जिल्ला लघु उद्यमी समूह संघ, जिविस रोल्पा, घरेलु तथा साना उद्योग विकास समिति रोल्पालगायतका सरकारी र गैरसरकारी निकायको सहयोगमा अल्लो उद्योग स्थापना गरेर महिला तथा पुरुषका लागि विभिन्न डिजाईनका कपडा उत्पादन गरिरहेका छन्।

allo 1

लघु उद्यम विकास कार्यक्रम (मेडेप) मार्फत जिल्लाका महिला उद्यमीहरूलाई बेला–बेलामा तालिम, अन्तर जिल्ला भ्रमणलगायतका कार्यक्रमले जिल्लाका उद्यमीलाई प्रोत्साहन गरेको महिला उद्यमी लक्ष्मी डाँगी बताउनुहुन्छ। उहाँ आवद्ध नवदुर्गा अल्लो धागो तथा कपडा उद्योग ईरिबाङ बागमाराले उत्पादन गरेका अल्लोका कपडा झोला, मोजा,टोपी, महिलाका लागि आउटर, सललगायतका हातले बुनेका बस्तु बिक्रिका लागि लिवाङ ल्याउनुपर्ने बाध्यता भएको र उत्पादित सामान सोचे जति बिक्री नहुँदा निराशा आएको उहाँले बताउनुभयो ।

लिवाङस्थित रोल्पा सामुदायिक अल्लाे धागो तथा कपडा उद्योगकी कोषाध्यक्ष गीता आचार्यले रोल्पा जिल्लामा उत्पादन गरिने अल्लोका कपडा रोल्पावासीले नै प्रयोग नगरिदिनाले उद्यमीहरू व्यावसायीक बन्न नसकेको बताउनुभयो। कर्मचारी र बाहिरी जिल्लाबाट आएका व्यक्तिले मात्र अल्लाेका कपडालाई महत्व दिएको भन्दै मागअनुसार मात्र अल्लोका कपडा उत्पादन गर्ने बाध्यता रहेको आचार्यको भनाई छ।

पछिल्लो समय जिल्ला भित्र र बाहिर हुने मेला तथा महोत्सवमा स्टल राखेर अल्लोबाट बनेका कपडा बिक्री वितरण गरिएको छ। अल्लोको कपडा प्रयोगले छाला सम्बन्धिको रोग निको हुनुका साथै एलर्जी भएकाहरूलाई पनि ठिक हुने भनिएता पनि अधिकांशले त्यो महत्व नबुझ्दा अल्लोबाट बनेको कपडाको प्रयोग कम भएको उद्यमीहरू बताउँछन्।

22

घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय रोल्पाका प्रमुख बालकृष्ण आचार्यले रोल्पामा महिला उद्यमीले अल्लोका गुणस्तरीय कपडा उत्पादन गर्न सके बजारको त्यति समस्या नहुने भन्दै गुणस्तरियतामा ध्यान दिन जरुरी भएको बताउनुभएको छ। अधिकांश महिला उद्यमीले घरायसी कामले गर्दा अल्लोको कपडा बुनाईलाई फुर्सदको कामका रुपमामात्र लिएको तर व्यावसायीक हिसाबले लाग्न नसक्दा उद्योग सञ्चालन र त्यहाँबाट उत्पादित कपडाको बजार बिस्तारमा समस्या भएको हुन सक्ने उहाँको भनाइ छ।

अल्लाेकाे कपडाको गुणस्तरलाई अझै बढाई ब्यापक प्रचार प्रसार गर्न सके बजारको कुनै अभाव नरहने समेत आचार्यको दाबी छ। पछिल्लो समय अल्लोका कपडा र उद्योगप्रति आम मानिसको चासो बढ्दै गएको भन्दै रोल्पामा १ सय भन्दा बढि महिला उद्यमी अल्लो उद्योगमा व्यावसायीक रुपमा लागेको जानकारी उहाँले दिनुभयो।

 जिल्लामा हालसम्म १ सय ४५ जना अल्लो महिला उद्यमी छन् भने २ सय २१ जनाले ती उद्याेगमा रोजगारी पाएको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय रोल्पाको तथ्यांकले देखाएको छ।

प्रकाशित मितिः २०७२ भदौ १४ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: