निर्मला ठकुराठी
काठमाडौँ,साउन १४ । बालविवाह एवं दाइजो कुप्रथा अन्त्यका लागि विद्यार्थीले चलाएको अभियानले सकारात्मक प्रभाव पारेको दाबी यस अभियानका अभियान्ताले गरेका छन् ।
काठमाडौंका उच्चमाविमा चलाइएको अभियानका क्रममा तीनका व्यवस्थापक तथा सञ्चालक र विद्यार्थीलाई समेत बालविवाह एवं दाइजो सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनका बारेमा थाहा नभएको पाइएको अभियानका संयोजक राज कुमार महतोले जानकारी दिनुभयो ।
अभियानमा सहभागी विद्यालयका व्यवस्थापन समिति तथा विद्यार्थीले बालविवाहविरुद्ध आवाज उठाउने र आफूले पनि लागु गर्ने प्रतिबद्धता जनाएका थिए ।
अभियानले बालबिबाह एवं दाइजो कुप्रथाविरुद्ध लड्न जिल्ला तथा क्षेत्रीयस्तरका नेतासँग छलफल तथा अन्तरक्रिया समेत गर्दै आएको छ ।
अन्तरक्रियामा सहभागीहरूले बालबिबाह एवं दाइजो कुप्रथालाई शुन्यमा झार्न र अपराध गर्नेलाई उन्मुक्ति नदिन कडा कानुनी व्यवस्था गर्नुपर्ने कुरालाई विशेष जोड दिएका थिए ।
बालविवाह एवं दाइजो उन्मुलन राष्ट्रिय अभियानले कुप्रथाविरुद्ध एकताबद्ध भएर लड्न २०१६ मा बालिका विश्व सम्मेलन गर्ने भएको छ ।
बालिकाको जीवन समृद्ध बनाउन सरोकारवाला निकायसँग प्रतिबद्धता खोज्नेलगायतका काम सम्मेलनमा हुने संयोजक महतोले जानकारी दिनुभयो । यो अभियान २५० जना बिद्यार्थीले लिखित रुपमा प्रतिबद्धता जनाउँदै सुरु गरेका हुन् ।
प्रकाशित मिति २०७२ भदौ १४ गते सोमवार
Comment Here!