महिला खबर
पोखरा, भदौ १४ । पोखरामा महिलाले आज शान्तिका लागि सद्भाव र्याली निकालेका छन् । पोखरा उपमहानगरपालिका नगर महिला समन्वय समितिको आव्हानमा निकालिएको र्यालीमा सहभागी महिलाले हिंसा अन्त्य गर, महिला अधिकार सुनिश्चित गर’ भन्ने नारासहित जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।
पोखराको सभागृहचोकबाट सुरु भएको र्याली सिर्जनाचोक, रत्नचोक, राष्ट्र बैंक चोक हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेर कोण सभा भएको थियो । उक्त र्यालीमा पोखराका २८ वटै वडाका महिला अगुवा कार्यकर्ताहरूको सहभागिता थियो ।
र्यालीको समापनमा नगर महिला समन्वय समितिकी अध्यक्ष पवित्रा गुरुङले मुलुकमा शान्ति कायम गर्न र नेपालीरनेपालीवीच सद्भावको सन्देश दिने उद्देश्यले र्याली आयोजना गरिएको बताउनुभयाे। ‘हामी मुलुकमा शान्ति चाहन्छौं, नेपाली नेपालीवीच सद्भाव चाहन्छौं, र्याली मार्फत शान्ति कायम गर्न तथा नेपालीवीचको सद्भाव नविग्रने गरी काम गर्न राजनीतिक नेतृत्वको ध्यानाकर्षण गराउछौ’, अध्यक्ष गुरुङले भन्नुभयो। उहाँले मुलुकमा महिला हिंसा अन्त्य गरी शान्ति र सद्भाव कायम गर्न सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउनुभयो ।
प्रकाशित मितिः २०७२ भदौ १४ गते सोमवार
Comment Here!