वातावरण संरक्षणमा महिला


प्रकाशित मिति :2015-09-01 09:39:56

नारायण ढुंगाना

चितवन,भदौ १५ । चितवनको रत्ननगर नगरपालिकालाई वातावरण मैत्री बनाउन स्थानिय महिला आफैं अग्रसर भएका छन् । उनीहरूले कम्पोष्ट वीन र वातावरण मैत्री झोला सहुलियतमा खरिद गरेर अभियानको औपचारिक थालनि गरेका छन् ।

झोला र कम्पोष्ट मल बनाउन प्रयोग गरिने सिमेन्ट रिंग (कम्वोष्ट वीन) लिंदै ७९ वर्षीया सुमित्रा पौडेलले भन्नुभयो–‘हाम्रो पालामा सबै फोहरहरू जथाभावी हुन्थे, अब भने गाउँ सफा हुँनेमा ढुक्क छु ।’

उहाँले आज एक हजार तिरेर कम्पोष्ट वीन खरिद गर्नुभयो भने एक सय तिरेर वातावरण मैत्री झोला खरिद गर्नुभयो । पौडेलले भन्नुभयो ‘हाम्रो पालामा फोहरको कुरा गरी साध्य छैन, यो प्लाष्टिकले झ्न दिग्दार गरेको छ । बुढेसकालमा सके आफैं नसके घरका अरूलाई सम्झाएर भएपनि सरसफाईमा लाग्छु ।’

अभियाका लागि बाँकी रकम भने रत्ननगर नगरपालिकाले सहयोग गरेको कार्यकारी अधिकृत ईन्द्रकुमारी थपलियाले बताउनुभयो ।
कम्पोष्ट वीनका लागि ३ हजार ५ सय र झोलालाई २ सय पर्ने भएपनि बाँकी रकम भने रत्ननगर नगरपाकिलाले हालेको थपलियाको भनाई छ ।

उहाँले रत्ननगर नगरपालिकालाई वातावरण मैत्री बनाउन सबैको सहयोग र साथ आवश्यक भएको बताउनुभयो । रत्ननगरको बजार क्षेत्रमा फोहरको बढी समस्या छ । त्यही भएर सोही क्षेत्रमा रहेको तीनवटा आमा समुहका एक सय जना महिला वातावर मैत्री कार्यक्रममा सरिक भएका छन् ।

IMG_6414

नवदुर्गा आमा समुह, नेवा मैजु पुच र सक्षम आमा समुहले कार्यक्रमको अगुवाई गरेको र आगामी दिनमा अन्य क्षेत्रमा समेत कार्यक्रम लैजाने नगरपाकिाका सामाजिक शाखा प्रमुख तेजेन्द्रनाथ लामिछानेले बताउनुभयो ।

रत्ननगरले अहिले ‘व्यवसायिक कृषि, पर्यटकीय शहर, स्वच्छ, समृद्ध रत्ननगर’ भन्ने नारा सहित अभियान अघि बढाएको छ । महिलालाई कार्यक्रममा सरिक बनाउँदै कुहिने फोहर र नकुहिने फोहर छुट्याई प्रयोग गर्ने र प्रयोग गर्न नमिल्नेलाई विभिन्न आकर्षक सामाग्री उत्पादन गर्ने योजना रहेको लामिछानेले बताउनुभयो ।

नवदुर्गा आमा समुहकी अध्यक्ष एन्जिला कुँवरले नकुहिने र प्रयोग गर्न मिल्ने फोहरबाट ढकी झोला, थुंगा बनाउने र कुहिने फोहर मल बनाएर करेसावारीमा प्रयोग गर्ने गरी कार्यक्रममा महिला सहभागि भएको बताउनुभयो ।

प्रकाशित मिति २०७२ भदौ १५ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: