झापामा आमा सुरक्षा कार्यक्रम


प्रकाशित मिति :2015-09-01 11:52:38

महिला खबर

झापा,भदौ १५ । आमा सुरक्षा कार्यक्रम लागू भएपछि झापामा तालिम प्राप्त स्वाथ्यकर्मीबाट सुत्केरी सेवा लिन अस्पताल तथा नजिकैको स्वास्थ्य केन्द्रमा जाने गर्भवती महिलाको संख्या बढेको छ । सरकारले सुरक्षित मातृत्व प्रवद्र्धनका लागि सहुलियत दिन थालेपछि सुरक्षित ढङ्गले सुत्केरी हुन अधिकांश महिला अस्पताल नै जाने गरेका छन् ।

जिल्लाका गर्भवती महिलाले सरकारी स्वास्थ्य केन्द्रबाट नियमित चारपटकसम्म गर्भ परीक्षण गराए बापत ४ सय रुपैयाँ र अस्पतालमा सुरक्षित सुत्केरी हुन आए बापत ५ सय रुपैयाँगरी एकमुष्ठ ९ सय रुपैयाँ दिने व्यवस्था गरेसँगै अस्पतालमा आएर सुत्केरी गराउँनेको सङ्ख्यामा वृद्धि भएको छ ।

सरकारी स्वास्थ्य संस्थालाई प्रतिव्यक्ति एक हजारका दरले सरकारले प्रोत्साहन रकम उपलब्ध गराउने गरेकोछ । कार्यक्रम अन्तर्गत हिमाली जिल्लामा १५ सय, पहाडी जिल्लामा एक हजार र तराईका जिल्लामा ५ सय रुपैयाँ सेवा ग्राहीलाई दिइन्छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक बर्ष ०७१/०७२ मा १२ हजार ९ जनाले सुत्केरी सेवा लिएका छन् । जिल्लामा

सञ्चालनमा रहेका मध्ये दमकको आम्दा र लाइफलाइन अस्पतालसहित विभिन्न ठाउँमा स्थापित ६ वटा प्राथमिक स्वास्थ्य केन्द्र तथा ६ वटा स्वास्थ्य चौकीबाट गर्भवति महिलाले सुरक्षित सुत्केरी सेवा लिएका हुन् । सरकारले सुत्केरी भत्ता दिने गरी आमा सुरक्षा कार्यक्रम सञ्चालन गरेपछि बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी गराउन आउनेको गर्भवति सङ्ख्या बढेको जिल्ला जनस्वास्थ्ज्य कार्यालयका नर्स अनिता ओलीले बताउनुभयो ।

आर्थिक वर्ष २०७०/०७१ मा १४ हजार ३ सय २९ जनाले सुरक्षित सुत्केरी सेवा लिएका थिए । आव २०६९/०७० मा १४ हजार ६ सय ५० जना सुरक्षित सुत्केरी सेवाका लागि बर्थिङ सेन्टरमा आएको कार्यालयको तथ्याङ्कमा उल्लेखछ । आव २०६८/०६९ मा ११ हजार १६ जनाले अस्पतालमा सुरक्षित ढङ्गले बच्चा जन्माएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले मातृ तथा शिशु मृत्युदर घटाउने उद्देश्यले २०६५ सालमा यो कार्यक्रम सुरु गरेको हो ।

आमा सुरक्षा कार्यक्रम लागू भएका आम्दा र लाइफलाइन अस्पताल सहित चन्द्रगढी, धुलाबारी, शनिश्चरे, सुरुङ्गा, शिवगञ्ज, खजुरगाछी र बनियानी प्राथमिक स्वास्थ्य केन्द्र तथा खुदुनाबारी, राजगढ, पृथ्वीनगर, पथरीया र केचना स्वास्थ्य चौकीबाट उनीहरूले सुरक्षित सुत्केरी सेवा लिएको जिल्ल जनस्वास्थ्य कार्यालयकी नर्स अनिता ओलीले बताउनुभयो ।  उक्त कार्यक्रम लागू भएपछि सरकारी स्वास्थ्य चौकीमा सुत्केरी गराउने महिलालाई उपचारका क्रममा लाग्ने सम्पूर्ण खर्च निःशुल्क र भत्ता बापत ५ सय रुपैयाँ सरकारले उपलब्ध गराइरहेको छ ।

प्रकाशित मिति २०७२ भदौ १५ मंगवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: