रमला सिंगक
पाँचथर, भदौ १५ । पाँचथरको नवमी डाँडाका ४२ वर्षीया शान्तिमाया आङ्देम्बेका ५३ वर्षीय श्रीमान मोतीबहादुर आङ्देम्बेले दुबै हात भाँचिदिएका छन् । श्रीमानले चिर्पटले हिर्काएर दुवै हात भाँची दिएको पीडित शान्तिमायाले बताइन् । पीडित शान्तिमायाले यातना पाएको चारदिनपछिमात्र आफन्तले उद्धार गरी पाँचथरको सदरमुकाम फीदिमस्थित जिल्ला अस्पतालको लैगिक हिंसा एकद्वार संकट व्यवस्थापन केन्द्रमा उपचार भइरहेको छ ।
उनलाई भदौ ८ गते मङ्गलबार रातीदेखि कोठामा वन्धक वनाएर यातना दिएको र शनिवार साँझ मात्र आफन्तले थाहा पाएर उद्धार गरी उपचारका लागि पाँचथर अस्पताल पु¥याएको सदरमुकाम फिदिमस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रविराज थपलियाले जानकारी दिए । मोतीवहादुरले श्रीमतीलाई कुटपिट मात्र नभई केश मुण्डन समेत गरेर अत्यन्तै निकृष्ट यातना दिएको देखिएको उनले बताए ।
सँधै रक्सी खाएर घर आउने गरेका श्रीमान मोतीबहादुरले गत साता सामान्य विवादमा चरम अमानवीय यातना दिँदै सियोले कानमा जताततै छेडेर धागो उनिदिएका थिए । जथाभावी कुटपिट गर्दा उनको दुवै हात भाँचिदिएर हात खुट्टा बाँधेर चलमल गर्न नसक्ने गरी चारदिनसम्म खाँवामा बाधिएको अवस्थामा उनको उद्धार गरिएको पाँथचर जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रविराज थपलियाले जानकारी दिए ।
रक्सी खाएर साँझ तिर घर आएका श्रीमानले आफूलाई सहनै नसक्ने पीडा दिएको शान्तीमायाले बताइन् । श्रीमानले ‘तँलाई यो घरमा बस्ने अधिकार छैन, निस्की जा’ भन्दै जथाभावी कुटपिट गर्दै हात खुट्टा वाँधेर दुवै कानमा सियोले छेडेर धागो छिराई खाबाँमा वाँधेपछि आफू बेहोस् भएको शान्तिमायाले बताइन् ।
उनले भनिन्, ‘भोलिपल्ट बिहान होसमा आउँदा कानबाट डोरी छिराएर दलिनमा बाँधेका रहेछन्, रूँदा कराउँदा पनि कसैले नसुनेपछि दिसापिसाब पनि थामिएन ।’ चारदिनसम्म खानपनि नदिएको उनले बताइन् । शनिबार बहिनी मदनकुमारी राइले थाहा पाएपछि प्रहरीलाई खबर गरेर उनको उद्धार गरिएको थियो ।
प्रहरी निरिक्षक थपलियाका अनुसार यातनाका कारण शान्तिमायाका दुईवटै हात भाँचिएका छन् । शरीरका सबै भागमा निलडाम र चोटपटक लागेका छन् । उहाँलाई मोतीबहादुरले यसअघि पनि यातना दिएको मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
घट्ना सार्वजनिक भएपछि मोतीबहादुरलाई पक्राऊ गरी अनुसन्धान सुरु गरिएको थपलियाले बताए । मोतीवहादुरविरुद्ध भदौ १३ गते शान्तिमायाले उजुरी दिएपछि सोही दिन पक्राउ गरिएको पाँच दिनको म्याद थप गरी श्रीमतीमाथि कुटपिट तथा अंगभंगसम्वन्धि महल अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रहरी निरिक्षक थपलियाले भने, ‘घट्ना अनुसन्धान गर्दा दुवै जना मादक पदार्थ खाएर सँधै झगडा विवाद गर्ने गरेका रहेछन् । त्यसदिन पनि विनाकारण विवाद हँुदा मोतीवहादुरले श्रीमतीलाई चिर्पटले हानी दुवै हात भाँचीदिएर यातना दिँदै राखेका रहेछन् ।’
स्थानीय अधिकारकर्मी विमला ढकालले पीडित महिलालाई कुटपिट तथा केश मुण्डन समेत गरी अत्यन्तै निकृष्ट यातना दिएको र पटक पटक कुटपिट हुँदा समेत स्थानीय प्रशासन र सम्वन्धित परिवारले मुद्दालाई सामान्य बनाउने प्रयास गरेको कारण समस्या थप जटिल भएको बताइन् ।
उनले भनिन्, ‘पीडित महिलाका दुवै हात भाँचिएका छन् । शरीरका सवै अंगमा चोटपटक छ । केश मुण्डन गरिदिएको छ । कानमा छेडेर यातना दिएको छ । यस्तो हुँदा समेत घरेलु हिंसामा सिमित बनाएर मेलमिलापको वातावरण तय गर्दा स्थिति थप जटिल भएको छ ।’
प्रकाशित मिति २०७२ भदौ १५ गते मंगलवार
Comment Here!