महिलाका विषयमा राष्ट्रपति संवेदनशील


पीडा सुनेर भावुक

प्रकाशित मिति :2015-09-01 16:41:40

महिला खबर

काठमाडौं, भदौ १५। राष्ट्रपति डा रामवरण यादवले संविधानमा समेट्नुपर्ने महिलाले उठाएका बिषयका बारेमा दलका नेताहरूसँग कुरा गर्ने वचन दिनुभएको छ। संविधान सभामा छलफलमा रहेको संविधान विधयेक विभेदपुर्ण रहेको भन्दै राजनीतिक दल र बिभिन्न गैरसरकारी संस्थामा आवद्ध महिलाले आज राष्ट्रपतिलाई भेटर ध्यानाकर्षण गराएका हुन्।

भेटका क्रममा राष्ट्रपति यादवले ५१ प्रतिशत जनसंख्यालाई विभेद गर्ने र उनीहरूको अधिकार हनन हुने अवस्था संविधानले ल्याउन नहुने बताउनुभयो। नागरिकताको विषयतर्फ इङ्गित गर्दै उहाँले भन्नुभयो ‘राज्यले काम दिन नसकेर महिला बैदेशिक रोजगारीमा जान बाध्य भएका हुन्। यसक्रममा यौन शोषणमा परेका महिलाबाट जन्मेका बच्चाको पहिचानको व्यवस्था संविधान मै हुनुपर्छ।’

भेटका क्रममा उहाँले महिलाले राखेका विषयमा विज्ञहरूसँग छलफल गरि राष्ट्रपति कार्यालयको लेटरप्याडमै लिखित रुपमा संविधानसभामा पठाउने प्रतिवद्धता समेत जनाउनुभयो।

unnamed (2)

दुई छोरीलाई आफ्ना नामबाट नागरिकता दिलाउन संघर्षरत दिप्ति गुरुङ  यसक्रममा भोगेका पीडा सुनेर राष्ट्रपति निकै भावुक हुनुभएको थियो। यसपछि उहाँले थप्नुभयो ‘तपाईहरू यतिखेर निकै पीडामा हुनुहुन्छ, मपनि सेरेमोनयिल हुँ तर, मेरो ठाउँबाट हुने सक्दो प्रयास र पहल गर्नेछु।’

महिलाले संगठित रुपमा संविधानसभा मस्यौदा समितिले पेश गरेको नेपालको संविधानको परिमार्जित विधेययक २०७२ ले पुर्ण रुपमा महिला अधिकार संरक्षण गर्न नसकेको र प्रत्यक्ष रुपमा विभेद गर्नै केही धाराहरू प्रस्तावित भएको भन्दै ३२ बुँदे लिखित संशोधन प्रस्ताव राष्ट्रपतिलाई बुझाएका हुन् ।

महिलाले संशोधन गर्न माग गरेका लिखित प्रस्तावनामा नागरिकता, समानताको हक, महिलाको हक, नागरिकको कर्तव्य, सामाजिक न्याय र समावेशीकरणसम्बन्धी नीति, राष्ट्रपति र उपराष्ट्रपति, मन्त्रिपरिषद्को गठन, प्रतिनिधि सभाको गठन, सर्वोच्च अदालतको न्यायाधीशको नियुक्ति, संवैधानिक अदालत, उच्च अदालतका मुख्य न्यायाधीशको नियुक्ति, जिल्ला न्यायाधिशको नियुक्तिलगायतका  छन् ।
यसैगरी न्याय परिषद्, प्रदेश सभाको गठन, गाँउ कार्यपालिका, नगरपालिका, गाँउ सभाको गठन, नगर सभाको गठन, राष्ट्रिय सुरक्षा समिति, राजनितिक दलसम्बन्धी व्यवस्था, राजदुत र विशेष प्रतिनिधि र संवैधानिक आयोगको नियुक्ति गर्ने बिषयमा महिलाले संशोधन प्रस्ताव राखेका छन् ।  यसअघि उनीहरूले प्रधानमन्त्री शुशील काेइरालालाई पनि भेटेर ध्यानाकर्षण गराइसकेका छन् ।

प्रकाशित मितिः २०७२ भदाै १५ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: