सञ्चारिका पश्चिमाञ्चलमा जमुना वर्षा


पत्रकार महिलाको संख्या बढ्नुपर्छ : प्रजिअ राउत

प्रकाशित मिति :2015-09-02 11:22:15

महिला खबर

पोखरा, भदौं  १६ । सञ्चारिका समूह नेपाल पश्चिमाञ्चलको मंगलबार पोखरामा सम्पन्न चाँैथो अधिवेशनले जमुना वर्षा शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ। समूहको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष क्रमश विमला भण्डारी, कविता श्रेष्ठ, सावित्री गौतम र राधिका कँडेल निर्वाचित भएका छन्। सदस्यहरूमा उमा आले, दुर्गा रानामागर, शोभा भण्डारी, बालकुमारी पौडेल, रविना ढकाल, कञ्चन थापा, सन्तोषी श्रेष्ठ, सम्पदा बास्तोला, सपना अधिकारी निर्वाचित भएका छन्। एक सदस्यपछि मनोनयन गर्ने अध्यक्ष वर्र्षाले बताइन्। दुर्गा भण्डारीको संयोजक, दीपेन्द्र श्रेष्ठ र विनिता नेपाली सदस्य रहेको अध्यक्ष मण्डलले निर्वाचनको कार्यक्रम सम्पन्न गरेको थियो।

नवनिर्वाचित अध्यक्ष वर्षाले बुधबार नै बैठक बसेर कार्यक्रम तय गर्ने जानकारी दिनुभयो। पत्रकार महिलाको क्षमता र नेतृत्व विकासका लागि आफूले काम गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो। वर्षा पोखराबाट प्रकाशित पोखरा एक्सप्रेसकी सम्पादकसँगै र महिला खबर डट कम र रेडियो जननीसँग आबद्ध हुनुहुन्छ।

unnamed

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर रावतले समयक्रमसँगै पत्रकार महिलाको संख्या बढ्दै जानु सकारात्मक भएको बताउनुभयो। कतिपय विषयवस्तुको रिपोर्टिङ्ग पुरुषले गर्दा पुरा नहुने भन्दै अब जनसंख्या जस्तै पत्रकार महिलाको संख्या पनि ५० प्रतिशत हुनुपर्ने उहाँले बताउनुभयो। महिलाहरू पत्रकारितामा आउने र छिटै पलायन हुनेक्रमलाई रोक्नुपर्नेमा उहाँको जोड थियो।

पत्रकारिताको विकास र सञ्चारिका समूहको संगठनात्मक विकासमा योगदान पुर्‍याएको भन्दै संचारिका समूह पश्चिमाञ्चलकी संस्थापक अध्यक्ष दुर्गा भण्डारीलाई सम्मान गरिएको थियो। गुरुङ ब्युटिपार्लरकी संचालक चिनु गुरुङलेे स्थापना गरेको अक्षयकोषबाट पहिलोपटक भण्डारीलाई १० हजार एक सय ११ रुपैयाँसहित सम्मान गरिएको हो।

पत्रकार महासंघका कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले पत्रकारिताको विकासँंगै पत्रकारको आर्थिक अवस्था सुधार हुन नसकेको बताउनुभयो। सो अवसरमा अक्षयकोषमा सहयोग गर्ने चिनु गुरुङ र कमला प्रधानलाई कदरपत्र प्रदान गरिएको थियो। कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, प्रेस चौतारीका केन्द्रीय सचिव गणेश पाण्डे अक्षयकोषदाताद्वय गुरुङ र प्रधानले शुभकामना व्यक्त गरेका थिए।

संचारिका समूह पश्मिाञ्चल अध्यक्ष बसन्ती वास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव विमला भण्डारी र कोषाध्यक्ष कविता श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो। अघिल्लो कार्यसमितिलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सो अवसरमा मायाको चिनो प्रदान गरिएको थियो।

प्रकाशित मितिः २०७२ भदाै १६ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: