महिलामाथि भीआईपीका सहयोगीबाटै दुर्व्यवहार


प्रकाशित मिति :2015-09-02 11:39:42

नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्स प्रधानमन्त्री, प्रमुख दलका अध्यक्ष शुशील कोइराला, केपी ओली, प्रचण्डदेखि देशका सबैमन्त्री र सचिवसम्म पुग्ने ठाउँ हो । तर, यस्तो ठाउँमा खटिएकी मञ्जुले दिनमा पटक पटक दुर्व्यवहारको सामना गर्नुपर्छ । पार्टीका कार्यकर्ता हामीले गरिरहेको काम पनि सुरक्षाकै एउटा अंग हो भन्ने बुझ्दैनन् । त्यसमाथि कतिपय त हदैसम्म नीच चरित्रका हुन्छन् ।’ 

अरुणा रायमाझी

काठमाडौं, भदौ १६ । काठमाडौं सार्वजनिक स्थानमा सुरक्षा र व्यवस्थापनमा महिलाको भूमिका बढ्दो छ । बढ्दो भूमिकासँगै उनीहरूले दुर्व्यवहार  र हिंसा पनि झेल्नु परिरहेको छ । हरेक दिन जसो २० जनासम्म भीआईपी आउने सवारी साधन व्यवस्थापनमा गर्ने मञ्जु दाहाल भीआइपी र उनीहरूका सुरक्षागार्डबाट सबैभन्दा धेरै दुर्व्यवहार  भोग्नु परेको बताउँछिन् ।

बानेश्वरस्थित इन्द्रेणी कम्प्लेसको सवारी व्यवस्थापन र सुरक्षा हेर्ने मञ्जु भन्छिन्, ‘पार्टीका कार्यकर्ता हामीले गरिरहेको काम पनि सुरक्षाकै एउटा अंग हो भन्ने बुझ्दैनन् । त्यसमाथि कतिपय त हदैसम्म निच चरित्रका हुन्छन् ।’ मन्त्री र नेताका सुरक्षामा खटिएका पुलिस र राजनीतिक कार्यकर्ताले मञ्जुलाई कति राम्री, विवाह भएको छ छैन, छैन भने म विवाह गर्छु भनेर जिस्क्याउने  गर्छन ।

????????????????????????????????????

मन्जु भन्छिन्, ‘दुर्व्यवहार  र हिंसा भनिसाध्य छैन । कसैकसैले गार्ड आईमाई ठूली हुन्छे भनेर गाली गर्छन्। कतिपय शब्द त म यहाँ भन्न पनि सक्दिन ।’ नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्स प्रमुख दलका अध्यक्षहरू प्रधानमन्त्री सुशिल कोइराला, केपी ओली, प्रचण्डदेखि देशका सबैमन्त्री र सचिवसम्म पुग्ने ठाउँ हो । तर, यस्तो ठाउँमा खटिएकी मञ्जुले दिनमा पटक पटक दुर्व्यवहारको सामना गर्नुपर्छ । मञ्जुका अनुसार, कार्यक्रममा आउने नेताका आसेपासे र पुलिससँग उनको सँधै जसो झगडा पर्छ ।

कतिपय अवस्थामा झगडा व्यवस्थापनसम्म पुग्ने गर्छ । मञ्जुले भनिन्, ‘म गल्ती गर्दिन, गल्तीगर्ने र हेप्नेविरुद्ध बोल्न डराउँदिन्, मालिक नै किन नहोस् , सुरक्षाको नियम त पालना गर्नुपर्यो नि  ?’ कुनै बेला घरेलु हिंसाको सिकार भएकी मञ्जु समाजमा महिला हिंसाविरुद्ध लड्न प्रहरीमा भर्ति भइन् । तर, आफूमाथि परेको समस्याविरुद्ध लड्दा आठ महिनामा उनले प्रहरीको जागिर पनि छोड्नु पर्यो । स्नाकत्तोर गरेकी सिन्धुपाल्चोकी २५ वर्षीया  मञ्जु दाहालले ग्रुप फोर सेक्यूरेटीमा काम गर्न थालेको ४ वर्ष भयो ।

‘ग्रुप फोर सेक्यूरीटी कम्पनी’ मा अहिले दुई सय महिला छन् । यो कम्पनीले निजी क्षेत्रकाे व्यवसायमा सुरक्षा र व्यवस्थापनाको कामका लागि खटाउने गर्दछ । यसैगरी १५ दिनको आत्मरक्षा तालिम सकेर ‘एओएन सेक्यूरीटी कम्पनी’ मा काम गर्न थालेकी १९ वर्षीया गमला वराईलीले धेरै दुर्व्यवहार  भोगेको सुनाइन् । यसअघि राजधानीको एउटा ट्रमा सेन्टरमा काम गरेकी उनले आफू आर्थिक रुपमा पटक पटक शोषित हुनु परेको बताइन् । उनी अहिले गारेखापत्र दैनिकको कार्यालय बाहिर खटिएकी छन् ।

????????????????????????????????????

गमलाले पहिला जस्तो दुर्व्यवहार भोग्नु परेको छैन । तर पनि कुनै पनि बेला दुर्व्यवहार होला कि भन्ने भयले उनलाई सताइरहन्छ ।
उनी भन्छिन्, ‘म आर्थिक रुपमा बलियो हुन चाहन्छु ।’

जागिरले मेरो आत्माविश्वास बलियो बनाउँछ ।’ आर्थिक अभावले बिचैमा पढाई छोडेर हेटौंडाबाट काठमाडाैं आएकी गमला आफैँ कमाएर पढाइ पुरा गर्ने सोचाइमा छन् । उनी दिनमा आठ घण्टा काम गर्छिन् । एओएनले महिलालाई दिउँसोको ड्यूटीमा मात्र खटाउने गरेको छ । एओएनले शिक्षण अस्पतालमा मात्रै २५ जना महिला सुरक्षाकर्मी खटाएको छ ।

प्रकाशित मिति २०७२ भदो १६ गते बुधवार

Email : [email protected]

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: