अधिकार माग्दा कार्वाहीमा परे इतिहास बन्छ : सभासद


प्रकाशित मिति :2015-09-02 14:23:45

नुनुता राई

काठमाडौं ,भदौ १६ । संविधानमा महिलाका हक अधिकार सुनिश्चित गर्न महिलाले एकताबद्ध भएर वार कि पारको लडाइ लड्नुपर्ने बेला आएको निष्कर्ष अन्तरपार्टी महिला सञ्जालले निकालेको छ ।

सञ्जालले आज काठमाडौंमा आयोजना गरेको ‘नेपालको संविधानको परिमार्जित विधेययक २०७२’ छलफल कार्यक्रममा बोल्दै अध्यक्ष शशी श्रेष्ठले अब महिला सभासदहरूले कलम चलाउने बेला आएको र उहाँहरूलाई बल दिनको निम्ति यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

उहाँले पहिचान, प्रतिनिधित्व र पहुँच अब बन्ने संविधानमा छुटाउनै नहुने र यी विषयहरूमा कुनै पनि हालतमा सम्झौता गर्न नसकिने धारणा ब्यक्त गर्नुभयो सभासद सिता नेपालीले अब संविधान सभामा महिला हक अधिकारको कुरा उठाउँदा पार्टीबाट कारवाही गरेपनि पछि हट्न नहुने बताउनुभयो ।

DSC04480

उहाँले भन्नुभयो ‘हक अधिकार माग्दा कारवाही हुन्छ भने कारवाहीमा भागेदार बन्न तयार छौं । यो पनि इतिहास नै बन्ने छ , महिला सभासदहरू यस विषयमा एक हुन जरुरी छ ।’
एमाले सभासद गरिमा शाहले भन्नुभयो ‘पार्टीले मस्यौदा संविधानमा संशोधन व्यक्तिगत हाल्न नमिल्ने निर्देशन जारी गरेको छ । म नैतिक संकटमा परेकी छु ।’

उहाँले आफ्नो तर्फबाट पार्टीका नेताहरूलाई सहमति गराउन प्रयास गरिरहेको बताउनुभयो ।
सभासद रत्ना गुरुङले महिलाको हक अधिकार सुनिश्चित गर्न सबै बुँदाहरू सम्भव नभए पनि प्राथमिकताका आधारमा अधिकांश बुँदाहरू समेटिनुपर्ने तर्क गर्नुभयो ।

अन्तर पार्टी महिला सञ्जालले ४८ बुँदे मस्यौदा समिति २०७२ को संशोधन प्रस्ताव तयार गरेको छ । संशोधन प्रस्तावमा महिलाको पहिचान, समानुपातिक प्रतिनिधित्व,नागरिकतामा समान अधिकार र राज्यको हरेक निकायमा पहुँच स्थापित गर्ने गरी नयाँ संविधानमा महिलाका अधिकार समेट्नुपर्ने रहेका छन् ।

यसैगरी सञ्जालको मस्यौदा संशोधन प्रस्तावमा पितृसत्तात्मक थप्नुपर्ने, राष्ट्रप्रमुख र उपराष्ट्रप्रमुख महिला र पुरुष आलोपालो सिद्धान्त हुनुपर्नेलगायतका सुझाव समेटिएको छ ।

प्रकाशित मिति २०७२ भदौ १६ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: