महिला खबर
ललितपुर, भदौ १६। महिलामैत्री संविधानका लागि साझा अभियानले आजदेखि रिले अनशन सुरु गरेको छ। महिलाअनुकूल संविधानका लागि सडक आन्दोलन गरिरहेका महिलाले आजदेखि भोक हड्ताल सुरु गरेका हुन्।
आजदेखि बबरमहलमा सुरु भएकोे रिले अनशनमा अधिकारकर्मी डा रेणु राजभण्डारीसहित ७ जना बसेका छन्। संविधानमा आफूहरूले उठाउँदै आएका महिलाको पहिचान , सहभागितालगायतका मुद्दा समावेश नभएसम्म भोक हडताल जारी राख्ने महिलाहरूले बताएका छन्। अनशनसँगै यसअघि गर्दै आएका अन्य आन्दोलनका कार्यक्रम पनि जारी रहने उनीहरूले बताएका छन्।
प्रकाशित मितिः २०७२ भदाै १४ गते बुधवार
Comment Here!