तीन वर्षीया बालिका बलात्कृत


प्रकाशित मिति :2015-09-03 13:49:10

महिला खबर
धनगढी, भदौ १७। कैलालीमा ३ वर्षीया बालिका बलात्कृत भएकी छन्। बालिका घरमा कोही नभएको मौका छोपी अपहरण गरेर बलात्कृत भएकी हुन्।सोमबार राति ९ बजेतिर छोरीलाई सुताएर छिमेकीको घरमा तीज मनाउन गएकी जेठी छोरीलाई लिन गएकी आमा दशबजेतिर आउँदा छोरी नदेखे रातभरी खोज्दा नभेटेको बालिकाकी आमाले वताइन्। ‘रातभरी खोज्दै जाँदा पछिल्लो दिन मङ्गलबार बिहान आठ बजेतिर एक जनाले जङ्गलमा भेटाएँ भनेर ल्याएर दियो।’ बालिकाकी आमाले भनिन्।

हराएकी छोरी भेटाइयो भनेर सबै जना खुसी भयौं तर पिसाव फेर्दा रगत आएपछि थाहा भयो ऊ त बलात्कृत भएकी रहिछ। जङ्गलमा भेटाएँ भनेर ल्याउने स्थानीय जीतबहादुर चौधरी लगायत केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

बलात्कृत भएको भनिएकी ति बालिकाको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ। बालिकाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। चिकित्सकका अनुसार बालिककाको यौनाङ्ग र शरीरका अन्य ठाउँमा घाउ छन्। यौनाङ्ग सुनिएको र रगत बगेको अवस्थामा रहेकोले बालिका बलात्कृत भएको बुझिएको छ।

प्रकाशित मितिः २०७२ भदाै १७ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: