महिला खबर
पोखरा, भदौ १७। लोक गायिका तथा साहित्यकार अम्बिका भण्डारीको तीज गीत ‘खुशी राख्छौ बाबा, तिमीलाई’को म्युजिक भिडियो पोखरामा सार्वजनिक भएको छ। नारी प्रतिभा वाङमय प्रतिष्ठान पोखराले आयोजना गरेको कार्यक्रममा गायिका भण्डारीको तीज गीत सार्वजनिक भएकाे हो।
कार्यक्रममा बोल्दै बानका केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी रमेश पौडेललेे बजारमा आएका तीज गीतहरू माझ भण्डारीको गीतले सामाजिक घट्ना र तीजको मर्मलाई समेटेको बताउनुभयो।
उहाँले सहजै बुझ्न सकिने नारी प्रधान भिडियो निर्माण गरेकोमा धन्यवाद व्यक्त गर्दै यो गीतले सामाजिक सन्देश दिएको बताउनुभयो।
नारी प्रतिभा वाङमय प्रतिष्ठान पोखराकी अध्यक्ष चन्डिका घिमिरेले संस्कृतिको पर्व तीज र तीजका भाकामा विकृति बढिरहेको बेला भण्डारीको गीतले संस्कृति संरक्षण गर्ने प्रतिष्ठानको अभियानमा टेवा पुग्ने बताउनुभयो। उहाँले संस्कृति प्रबर्द्धन र संरक्षणमा महिलाको महत्वपूर्ण भुमिका रहने बताउनुभयो।
प्रकाशित मितिः २०७२ भदाै १७ गते बिहीवार
Comment Here!