पत्रकार महिलाका लागि सुरक्षा निर्देशिका सार्वजनिक


पत्रकार र गैरपत्रकार छुट्याउन सञ्चारमन्त्रीको आग्रह

प्रकाशित मिति :2015-09-03 17:07:28

महिला खबर

ललितपुर,भदौ १७ । सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले पत्रकार महिलाको व्यावसायिक र भौतिक सुरक्षाका लागि राज्य अत्यन्तै संवेदनशील भएको बताउनुभयो ।
सञ्चारिक समूह नेपालले तयार पारेको पत्रकार महिलाको सुरक्षा निर्देशिका सार्वजनिक गर्दै मन्त्री रिजालले समाजले महिलामाथि हेर्ने गलत दृष्टिकोणविरुद्ध पत्रकार एकै ठाउँमा उभिन सुझाव दिनुभयो ।

उहाँले गैरपत्रकारहरूको कारण जिम्मेवार पत्रकारमाथि भौतिक सुरक्षाको चुनौती थपिएको प्रति चिन्ता व्यक्त गर्दै भन्नुभयो–‘को पत्रकार हो, को गैरपत्रकार हो, पत्रकार आफैँले छुट्याउनु पर्छ ।’
उहाँले अनलाइन मिडिया प्रति लक्षित गर्दै भन्नुभयो–‘गैर पत्रकारले विषयलाई अतिरञ्जित बनाएर प्रस्तुत गर्दा पत्रकारमाथि भौतिक आक्रमण हुनसक्ने प्रति सचेत रहनका लागि यो निर्देशिकाले सहयोग पु¥याउने छ ।’ मन्त्री रिजालले समूहले ल्याएको निर्देशिका कार्यान्वयन गर्न पहल गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।

DSC_0313

प्रेस काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्कीले निर्देशिका सार्वजनिक कार्यक्रममा प्रतिवद्धता जनाउँदै भन्नुभयो ‘जिम्मेवार र उत्तरदायी पत्रकारिता महिलाबाट बढी भएको छ ।’ उहाँले देशमा रहेको संक्रमणकालिन अवस्थाका बेला जिम्मेवार पत्रकारले दमकलको भूमिका निर्वाह आग्रह गर्नुभयो । उहाँले महिला पत्रकारका विशिष्ट समस्या हुन्छन् त्यसमा सबै मिडियाहाउसदेखि सरकारको जिम्मेवार निकायले सम्बोधन गर्नुपर्छ ।

पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र बिष्टले पत्रकार महिलालाई सम्पूर्ण हिंसाबाट बाहिर निस्केर काम गर्ने वातावरण बताउन महांसघ लागि परेको बताउनुभयो । बिष्टले देशमा अस्थिरता बढेको बेला पत्रकारमाथि आक्रमण पनि बढेको जिकिर गर्नुभयो । उहाँले पत्रकारको भौतिक सुरक्षा राज्यले दिनुपर्ने बताउनुभयो ।
यसैगरी राष्ट्रिय सूचना आयोगका सदस्य यशोदा तिम्सिनाले हिंसामा परेका पत्रकार महिलाले एकैपटक सुरक्षा निकायमा पुग्दा न्याय पाउने अवस्था नरहेको बताउनुभयो ।

????????????????????????????????????

न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले यो पेसामा सबैका समस्या बराबर रहेको बिचार व्यक्त गर्नुभयो । उहाँले पेसागत सुरक्षा नहुँदा पत्रकारमाथि भौतिक असुरक्षा बढेको बताउनुभयो ।
केसीले महिला पत्रकारहरू हिंसामा परेका छन् भने न्यायका लागि कतिले कानुनी उपचार खोजे भन्ने विवरण पनि यो निर्देशिकामा आउनुपर्ने जिकिर गर्नुभयो ।

यसैगरी पत्रकार महासंघका उपाध्यक्ष अनिता विन्दुले यो निर्देशिकाले महिला पत्रकारलाई सुरक्षित रहेर अगाडि बढ्न र कामको योजना बनाउन मार्ग निर्देश गरेको बताउनुभयो ।

म्यागका अध्यक्ष बबिता बस्नेतले निर्देशिकामाथि टिप्पणी गर्दै भन्नुभयो ‘यस्तो निर्देशिका महिला पत्रकारलाई चाहिएको थियो, समयमै आयो, निकै राम्रो छ । यसले महिलालाई सुरक्षित हुनमात्र होइन व्यावसायिक हुन पनि सहयोग गर्छ ।’

कार्यक्रममा विभिन्न संघसंगठनका प्रतिनिधिले यो निर्देशिका सबैको साझा दस्तावेज भएको भन्दै आ आफ्नो क्षेत्रबाट कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् ।

सञ्चारिका समूहले ल्याएको निर्देशिकामा पत्रकार महिला र सुरक्षा, सुरक्षाका चुनौती, सुरक्षाका उपाय, काम गर्ने वातावरण, सुविधा तथा व्यावसायिकता, अधिकार र सीमालगायतका विषय समेटिएको छ । निर्देशिकामा व्यावसायिक बन्नका लागि सुरक्षित रहेर कसरी काम गर्ने भन्ने विषय र तरिकाहरू समेत समेटिएको छ ।

प्रकाशित मितिः २०७२ भदौ १७ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: