पोखरामा महिला उद्यमी मेला शुरु


प्रकाशित मिति :2015-09-04 09:23:46

महिला खबर

पोखरा, भदौ १८ । ‘आर्थिक समृद्धिको लागि महिला उद्यमशिलता’ भन्ने नाराका साथ विहीबार देखि पोखरामा महिला उद्यमी मेला २०७२ शुरु भएको छ ।

20150903_125950

पोखरा उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समितिको आयोजनामा संचालित  उक्त मेलाको मध्यमाञ्चल क्षेत्रीय उद्योग बाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गीले उद्घाटन गर्नुभयो ।

सुमार्गीले पर्यटकीय शहर पोखरालाई चिनाउन आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन र स्थानीयस्तरमा उत्पादित सामानको बजारीकरणका लागि  मेला निकै उपयोगी हुने बताउनुभयो । पछिल्लो समयमा महिला सीपमुलक तालिमसँगै आय आर्जन तिर लागेको भन्दै महिलाको श्रमको मुल्यलाई राष्ट्रिय आयमा गणना गरिनुपर्ने बताउनुभयो ।

महिला उद्यमी मेला २०७२ का संयोजक विन्दु कोइरालाले उद्यमशिलतामा महिलालाई प्रोत्साहन गर्न र उत्पादित बस्तुको बजारीकरणको पहलका लागि मेलाको आयोजना गरेको बताउनुभयो ।

पोखरा उद्योग  बाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापाले पछिल्लो समयमा पोखरामा महिला व्यावसायीको संख्या बढ्दै गएको र व्यवसायीक पहिचान समेत बनाउन सफल भएको बताउनुभयो । उहाँले महिला उद्यमी मेला पनि उद्यमी महिलाको आत्मविश्वास र पहलले शुरु भएको बताउनु भयो ।

भदौ २० गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा संचालन हुने मेलामा महिलाद्वारा उत्पादित हस्तकलाका सामानहरू, घरायसी सामान, सौन्दर्य प्रशोधन, दैनिक जीवनमा चाहिने सामानका साथै विभिन्न वस्तु तथा सेवाहरूका स्टल रहेको मेलाका अर्थ संयोजक लक्ष्मी पाण्डेले बताउनुभयो ।

मेलामा महिला समूहहरूबीच तीज र दोहोरी गीत प्रतियोगिता, मनोरञ्जनात्मक कार्यक्रम, फुडस्टलको व्यवस्था समेत रहेको छ । मेलामा राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति रहेको सांस्कृतिक संयोजक सिता बरालले जानकारी दिनुभयो ।

 मेलामा प्रवेश भने निःशुल्क रहेकोे छ । मेला नेपाल उद्योग वाणिज्य संघको संरक्षकत्व, हेल्लो मोबाइलको मुख्य प्रायोजन, नेपाल उद्योग वाणिज्य महासंघ, जिल्ला महिला विकास कार्यालय, पोखरउपमहानगरपालिकाको प्रवद्र्धनमा आयोजना गरिएको हो ।

प्रकाशित मिति :२०७२ भदौ १८ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: