टिकापुर हिंसात्मक घटनापछि वालबालिकामा मनोत्रास


प्रकाशित मिति :2015-09-04 10:21:39

खेमा बस्नेत

टिकापुर, भदौ १८ । टिकापुर ब्लक नम्बर २९ मा बस्ने १४ वर्षीय गोकुल भण्डारी आजकाल छिनछिनमा बर्बराउने गर्छन् । छरछिमेकमा नयाँ मान्छे आउने वित्तिकै उनी लुक्न थाल्छन् । भदौ ७ गते टिकापुरमा भएको हिंसात्मक आक्रमणमा छिमेकी एक बालक टेक बहादुर साउँदको हत्या भएको आँखाले देखेका गोकुल त्यस दिनपछि राम्ररी सुतेका पनि छैनन् ।

‘छोराले प्रहरीलाई भाला,बन्चारो र खुकुरीले आक्रमण गरेको देखेको रहेछ । छिमेकी नेत्र साउँदको छोरा टेकलाई गोली लागेको देखेपछि त ऊ पानी समेत खान डराउँछ’ गोकुलकी आमा मनसरा भण्डारीले बताइन् ।

टिकापुरमा भएको हिंसात्मक घटनामा मनसराका छिमेकी शसस्त्र प्रहरी हवल्दार छत्र साउँदका २ वर्षीय छोरा टेक बहादुर साउँद सहित ९ जना मारिएका थिए । हिंसात्मक घटनालाई प्रत्यक्ष नियालेको गोकुलको वाल मस्तिस्कबाट त्यसपछि उत्पन्न डर हट्न सकेको छैन् ।
आन्दोलनकारीले प्रहरीमाथि आक्रमण सुरु गरेपछि गोकुल मृतक टेक बहादुरको घरमा लुक्न गएका थिए । त्यही उनले टेकलाई गोली लागेको देखेका थिए ।

आफ्नै अगाडी भएको त्रासपूर्ण घटनापछि गोकुलमा एकहोरो हुने, खानामा रुचि नदेखाउने, बाहिर जान नमान्ने, नयाँ मान्छे आउने वित्तिकै लुक्ने जस्ता समस्या देखिएको आमा मनसराले भनिन् ।
‘आजकाल एकोहोरो टोलाई रहन्छ, बाहिर निस्कन मान्दैन, छिमेकी नेत्रको घरमा पत्रकारसँग गुनासो पोख्न पुगेकी आमा मनसराले भनिन् ‘नयाँ मान्छे देख्ने वित्तिकै भाग्न खोज्छ, मलाई मार्छन् भन्छ ।’

IMG_0630

गोकुल सोही दिन पनि पत्रकार देखेपछि डरले घरबाट भागिसकेका थिए । उनमा मानसिक अवसर देखिएपछि परिवारले मनो परामर्श र औषधी सुरु गरेको भण्डारीले जानकारी दिइन् ।

शंकरपुरका ८ वर्षीय बालक समिर घर्तीमगरलाई पनि आजकाल नयाँ मान्छे देख्नै हुन्न रे । सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेलाई लखेटी लगेटी हत्या गरेको प्रत्यक्ष देखेका उनले त्यसघटनापछि नयाँ मान्छे देख्ने वित्तिकै डराउँछन् । उनी सो घटनाहुँदा घटनास्थल छेउमै रहेको आफ्नो घरमा खेलिरहेका थिए ।
‘त्यसदिन (भदौ ७ गते) पुलिसलाई मान्छेले लखटेको समिरले देखेको रहेछ । आजभोली नयाँ मान्छे देख्ने वित्तिकै डराउँछ’ हजुर आमा सिजाली मगरले भनिन् ।

उनीहरूमात्रै होइन्, शंकरपुरमा धेरैजसो महिला तथा बालबालिका घरबाट बाहिर निस्कदैनन् । ठूलो हिंसात्मक आक्रमण देखेका बालबालिका पुनः त्यही दोहोरिने त्रासमा छन् । उनीहरू नयाँ मान्छे देख्ना साथ मार्न आएको भन्दै लुक्न गरेको आमाहरू वताउँछन् ।
शंकरपुरका ६ वर्षीय अमर बुढामगर आन्दोलनकारीले प्रहरीलाई जलाएर हत्या गरे आफूले देखेको बताए । निकै डराएका उनले भने ‘म त्यही खेलरिहेको थिएँ, धेरैजनाले पुलिस अंकललाई जलाएर मारे ।’

घरेलु हतियारको प्रदर्शनपछि भएको हिंसात्मक घटनाले टिकापुरका बालबालिकामा मानसिक असर देखिन थालेका छ । घटनापछि निरन्तरको कफ्र्युले उनीहरूमा झन त्रास थपिदिएको छ । घटनापछि उनीहरूमा मानसिक, सामाजिक व्यवहारमा असर परेको देखिन्छ ।
आफ्ना बालबालिकामा मानसिक समस्या देखिएपछि अभिभावक चिन्तित बनेका छन् । नाबालक छोराछोरीमा देखिएको मानसिक असरले ठूलो समस्या नित्याउने भन्दै उनीहरूले वालवालिकालाई पुरानै अवस्थामा ल्याउन शान्ति सुरक्षाको माग सेमत गरेका छन् । उनीहरूले बालबालिकामा मनोपरामर्श दिलाउनु आवश्यक भएको समेत बताए ।

टिकापुर घटनापछि त्यहाँका स्थानीयहरु अहिले समूहमा सुत्ने गरेका छन् । समूहमा सुतेपछि सुरक्षित महसुस हुने भएकाले राती ४/५ घरका मानिसहरू एकै घरमा जम्मा भएर सुत्न गरेको स्थानीय दुर्गा कठायतले बताइन् ।
उनले हिंसात्मक आक्रमणपछि स्थानीयहरूमा सन्त्रास फैलिएको बताइन् ।

IMG_0632

‘घटना (भदौं ७ गतेको) पछि मानसिक रुपमा धेरै असर परेको छ’ उनले भनिन् बालबच्चाहरू त एक्लै बाहिर निस्कनै मान्दैनन् ।’
टिकापुर घटनालगत्तैबाट पहाडी र थारु दुवै समुदायका मानिसहरूमा त्रास कायमै छ । टिकापुर आसपासका गाविस र वस्तीहरूमा मानिस सहजरुपले खुल्न सकेका छैनन् ।

दुवै पक्षकाले रातिको समयमा आ–आफ्नो गाउँ टोलमा जाग्राम बस्नुपर्ने अवस्थासम्म सिर्जना भएकोे स्थानीय चिलम चोककी एलिसा चौधरीले बताइन् । थारु पक्षले आक्रमण गर्न सक्छन् भन्ने त्रास फैलिएकाले पहाडीहरूमा र पहाडीहरूले आक्रमण गर्न सक्छन् भनेर थारुहरूमा त्रास कायमै रहेको उनले बताइन् ।त्यसैगरी कैलालीको हिक्मपुर गाविसकी राजकुमारी चौधरीले पनि गाउँटोलमा सामाजिक सदुभाव कायम गर्नुपर्ने बताइन् । सदियाै‌देखि मिलेर बसेको समाजमा मनमुटाव उत्पन्न भएकोप्रति दुखेसो पोख्दै उनले आफूहरूले शान्ति र मेलमिलाप चाहेको बताइन् ।

प्रकाशित मिति २०७२ भदाै १८ गते शुक्रवार 

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: