महिला खबर
इलाम, भदौ १८ । इलाममा घरेलु हिंसाका घटना बढेको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ । तथ्याङ्क अनुसार गत आर्थिक वर्ष ७८ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् । घरेलु हिंसाका घटनामा रक्सी खाइ झगडा गरेका ३१ वटा¸ श्रीमतीलाई मानसिक यातना दिएको २०, बहुविवाहका १४, परिवारका अन्य सदस्यसँग झगडा गरेको सातवटा र श्रीमतीलाई खान लाउन नदिएको ६ वटा घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ईश्वर थापाका अनुसार आर्थिक वर्ष ०६९/७० मा ४७ र ०७०/७१ मा ५८ वटा घरेलु हिंसासम्बन्धी निवेदन दर्ता भएका थिए । प्रहरीमा परेका निवेदनमध्ये ६० वटामा मिलापत्र भएको र बाँकी १८ वटालाई सरोकारवाला निकायमा पठाइएको सूचना अधिकारी थापाले जानकारी दिनुभयो । घरेलु हिंसासम्बन्धीका निवेदनमा पीडित र पीडकबीच मिलापत्र हुने बढी छन् ।
प्रकाशित मितिः २०७२ भदाै १८ गते शुक्रवार
Comment Here!