महिलाद्वारा अनिश्चितकालीन अनशनको चेतावनी


प्रकाशित मिति :2015-09-04 16:22:39

निर्मला ठकुराठी

काठमाडौ, भदौ १८  । लैिङ्गकमैत्री संविधानका लागि साझा अभियानले  अनिश्चितकालिन अनशन  बस्ने चेतावनी दिएको छ।   भदौ १६ गते दिउँसो १ बजे देखि सुरु गरेको अनशन माग पुरा नभएसम्म जारी रहने अभियानमा आवद्ध अधिकारकर्मीले बताएका छन् ।

अभियानमा महिला मानवअधिकार सँग सम्बन्धित संघसंस्था र राजनीतिक पार्टीमा आबद्ध महिलाको पनि समर्थन रहेको कानुनी सहायता तथा परामर्श केन्द्रकी अध्यक्ष शशि अधिकारीले बताउनुभयो ।

 अभियानमा सहभागी संघसंस्थाहरू मध्येबाट एउटा समूह ६ घण्टासम्म रिले अनसनमा बस्ने गरी आलोपालो गरिरहेको उँहाको भनाइ छ । संविधानको मस्यौदा मै र विधयेक आइ सकेपछि पनि अधिकार सुनिश्चितताका लागि राष्ट्रपति, सभामुख, प्रधानमन्त्री, पार्टीका अध्यक्ष समक्ष सुझाव बुझाएको र सडक  आन्दोलन गर्नेदेखि  ध्यानाकर्षण पत्र बुझाउनेसम्मका काम गर्दा पनि माग सम्बोधन नभएपछि  अनशन बस्नुपरेको महिलाले बताएका छन् । अहिले सरकार, राजनीतिक दलका नेतादेखि मानवअधिकार कर्मीसम्मको ध्यानाकर्षण भएपनि  माग सम्बोधन नभएसम्म अनशन  जारी राख्ने  चेतावनी अभियानकर्मीले दिएका हुन् ।

 अनशनमा सहभागी अधिकारकर्मी प्रतिमा पाण्डेले महिलाको आन्दोलनलाई वास्ता नगरेका कारण लैङ्गिकमैत्री संविधानका  भोक हडताल गर्नुपर्ने बाध्यता आएको बताउनुभयो ।  विभेदपुर्ण संविधानको बिरोध गर्दै पुरुषले पनि यो  अभियानमा  साथ दिरहेको उहाँले बताउनुभयो । साथै महिलाअनुकूल संविधानका लागि विद्यार्थीले पनि साथ दिएका छन् ।  टोखा निम्स कलेजका बिद्यार्थीले आमाको नामबाट नागरिकता पाउने अधिकार संविधान मै सुरक्षित हुनुपर्छ भन्दै अभियानलाइ साथ दिरहेका छन  ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: