सञ्चारिका समानता पुरस्कार शर्मा र न्यौपानेलाई


प्रकाशित मिति :2015-09-05 14:24:54

महिला खबर

ललितपुर,भदौ १९ । सञ्सचारिका समूह नेपालले   सञ्चारिका समानता पुरस्कार २०७१  पत्रकार मीना शर्मा र तुफान न्यौपानेलाई दिने भएकाे छ ।
हिमाल साप्ताहिकमा प्रकाशित ‘बलात्कारी उम्काउने कानूनी छिद्र’ फिचरका लागि पत्रकार न्यौपाने र मीना शर्मालाई    पुरस्कृत गर्ने भएकाे  सञ्चारिकाका महासचिव नितु पण्डितले जारी गरेको विज्ञप्तीमा उल्लेखछ ।
पुरस्कृत फीचर २०७१ साल पुष २० गते साप्ताहिक खबरपत्रिका हिमालमा प्रकाशित भएको थियो । उक्त पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ । पुरस्कारका लागि समूहले गत २०७१ वैशाख १ देखि २०७१ चैत्र ३० सम्म छापिएका लैङ्गिक समानतामा आधारित फीचरबाट छनोट गरेको विज्ञप्तीमा उल्लेखछ।
पुरस्कार छनोट समितिमा नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट, सञ्चारिका समूहका पूर्व अध्यक्ष तथा घटना र विचार साप्ताहिकका सम्पादक बबिता बस्नेत र राष्ट्रिय समाचार समितिका महाप्रबन्धक निर्मला आचार्य रहनुभएको थियो ।
छनोट समितिले फीचरको शैली, विषयवस्तु, सन्देश, लैङ्गिक संवेदनशीलता, अन्वेषणजस्ता विषयवस्तुलाई आधार बनाएर मूल्याङ्कन गरेको समूहले जनाएकोछ ।
विज्ञप्तीमा भनिएकोछ  ‘पुरस्कारका लागि सञ्चारिका समूहको मासिक प्रकाशन ‘सञ्चारिका फिचर सेवा’, सञ्चारिका समूहको अनलाइन ‘महिलाखबर डट कम’ मा प्रकाशित लेख र समूहका कार्यसमितिमा रहेका पदाधिकारीहरूको फिचर समावेश गराइएको थिएन । साथै छनोट तथा मूल्याङ्कन प्रक्रियालाई निष्पक्ष बनाउनका लागि छनोट समितिलाई सामग्रीहरू उपलब्ध गराउँदा पत्रकार र पत्रिकाको नामसमेत नखुलाएको समूहको भनाइछ ।
‘समानताका लागि सञ्चार’ भन्ने मूल नारालाई सफल रूपमा अघि बढाउने उद्देश्यले समूहले हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको पण्डितले जारी गरेको विज्ञप्तीमा उल्लेखछ ।

यसैगरी २०६६ सालमा स्थापना गरिएको ुस्व। उमा सिंह पत्रकारिता पुरस्कार २०७१ु सुनसरीबाट पत्रकारिता गर्दै आएनुभएकी पत्रकार लक्ष्मी दर्नालले पाउनुहुने भएको छ ।
पत्रकार दर्नाल औजार राष्ट्रिय दैनिकमा कार्यरत हुनुहुन्छ । सो पुरस्कारको राशि सात हजार एक सय एघार रहेको छ ।

समूहले २०७१ सालको ुसञ्चारिका प्रोत्साहन पुरस्कारु रेडियो नेपालका पत्रकार शोभा भट्टराई र पत्रकार प्रियंका पाण्डेलाई प्रदान गर्ने भएकोछ ।
भट्टराई र पाण्डे दुवै जनाले काठमाडौबाट पत्रकारिता गर्दै आउनुभएको छ । सबै पुरस्कार यही भदौ २१ गते, सोमबारका दिन समूहको काठमाडौमा हुने छैटौँ महाधिवेशन तथा १९ औं वार्षिकोत्सवको उद्घाटन समारोहका अवसरमा प्रदान गर्ने महासचिव पण्डितले जारी गरेको विज्ञप्तीमा उल्लेखछ ।

प्रकाशित मिति २०७२ भदौ १९ गते शनिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: