महिला खवर
भोजपुर, भदौ १८ । भोजपुरको खैराङकी १३ महिनाकी एक बालिकामाथि बलात्कार गर्ने खैराङकै ४२ वर्षीय चन्द्रवहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई घरमा सुताएर ती बालिकाकी आमा घाँस काटेर फर्केको बेला विश्वकर्माले शिशुमाथि बलात्कार गरेको देखेर होहल्ला गरेपछि गाउँलेले उनलाई पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।
भोजपुर जिल्ला प्रहरीले अभियुक्त विश्वकर्मालाई जिल्ला अदालतबाट बुधबार म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखेको जानकारी दिएको छ । बालिकाको स्वास्थ्य जाँच गरिएको छ ।
प्रकाशित मिति :२०७२ भदौ २० गते आईतवार
Comment Here!