महिला खबर
सुनसरी, भदौ २०। महिला संजाल धरानले हड्डीको क्यान्सरबाट पीडित १३ वर्षीया सुजाता थामीको उपचारका लागि ५० हजार रुपैयाँ संकलन गरेर शुक्रबार थामी परिवारलाई प्रदान गरेको छ। किशोरी थामीको हाल चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ। संजालकी अध्यक्ष शिला बज्राचार्यका अनुसार थामीको उपचारका लागि धरान–दुवइ हेल्पिङ हेण्डस् युएइले ३७ हजार रुपैयाँ र कोरियामा अध्ययरत सुरेश राईले पठाएको १३ हजार गरि ५० हजार रुपैयाँ संकलन भएको थियो।
धरान २३ पानबारी बस्ने थामीका लागि यसअघि संजालले विभिन्न दातालाई उपचार खर्च जुटाउन आव्हान गरेको थियो। अध्यक्ष बज्राचार्यका अनुसार यसअघि मेहेर दीप लिम्बुबाट २० हजार रुपैयाँ, असहाय स्वास्थ्य सेवा केन्द्रबाट ५ हजार रुपैयाँ, कोरियाका पवन लिम्बुबाट ५ हजार रुपैयाँ र संजालका पदाधिकारीबाट २२ हजार रुपैयाँ गरी ५२ हजार रुपैयाँ थामी परिवारलाई उपलव्ध गराएको थियो।
प्रकाशित मिति २०७२ भदौ २० गते आईतवार
Comment Here!