महिला खवर
सुनसरी, भदौ २० । व्लु पिंक इन्टरटेन्मेन्टको आयोजनामा शनिबार धरानमा मानव वेचविखन तथा मानव तस्करीविरुद्धको ९ औं राष्ट्रिय दिवस जनचेतनामुलक र्याली प्रदर्शन गर्दै मनाइएको छ ।
माइती नेपालको सहयोगमा सम्पन्न र्यालीमा धरानको देशीलाइन एकता समाज, वार्ड विकास तथा सुधार समिति धरान, लायन्स क्वल अफ दन्तकाली, लायन्स क्लव अफ विजयपुर, रोटरी क्लव अफ धरान, सिङ्सा कल्याण केन्द्र धरान नगरसमिति, द पेश वि बोइङ्, धरान रन, वी धराने फेसवुक टिमलगायतको सहभागिता रहेको थियो ।
महिला वेचविखन र मानव तस्करीविरुद्ध सर्वसाधारणमा जनचेतना फैलाउनु रहेको संयोजक व्लु पिंक इन्टरटेन्मेन्टका इभेन्ट म्यानेजर विकी पोद्धारले बताउनुभयो । केही साता भित्र महिला बेचविखन विरुद्ध जनतेना मुलक सांस्कृतिक कार्यक्रमका साथै युवा पुस्तालाई लक्षित गरेर सांगीतिक कार्यक्रम गर्ने तयारी भइरहेको पोद्धारले बताउनुभयो ।
भूकम्पपछि महिला वेचविखन अत्यधिक बढेकोले स्वफुर्त रुपमा स्थानीय संघसंस्था मिलेर धरानमा र्याली प्रदर्शन गरिएको उहाँले बताउनुभयो । नयाँ पुस्ता आधुनिक समयमा जन्मेपनि दलालको फन्दामा फस्न सक्ने देखिएकाले किशोर किशोरीलाई लक्षित गरेर कार्यक्रम संचालन गर्दै जाने योजना बनाएको उहाँको भनाई छ ।
प्रकाशित मिति :२०७२ भदौ २० गते आईतवार
Comment Here!