पार्वती पाण्डे
कपिलवस्तु, भदौ २० । बालिकालाई बन्धक बनाई बलात्कार गरेको अभियोगमा २ जना अभियुक्तलाई पुर्पक्षकालागि थुानमा राख्ने आदेश दिईएको छ । मुस्लिम समुदायकी १४ वर्षीया बालिकालाई बन्धक बनाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका २ अभियुक्तलाई जिल्ला अदालत कपिलवस्तुले पुर्पक्ष लागि थुनामा राख्ने आदेश दिएको हो ।
अदालतले मुलकी ऐनको शरीर बन्धक र जरबजस्तीकरणीको दुई छुट्टा छुट्टै मुद्दा लगाईएको ती अभियुक्तलाई मुद्दाको फैसला नहुन्जेलसम्म पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
जिल्ला न्यायाधिस हरिशचन्द ढुंगानाको एकल ईजलासले रुपन्देहीको आमा गाबिसका अभिनाश शुक्ला र कपिलवस्तु नगरपालिका रुधौलाका वसीम मुसलमानलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको श्रेस्तेदार ईश्वरी भण्डारीले जानकारी दिनुभयो । घटनाका फरार अभियुक्त आमा गाबिसकै राजु तिवारीको खोजी जारी छ । पीडित बालिका र उनका पिताले दिएको जाहेरीको आधारमा प्रहरीले गरेको अनुसन्धान र प्रमाणका आधारमा दुई अभियुक्तलाई थुनामा राख्ने आदेश दिईएको हो ।
प्रकाशित मिति २०७२ भदौ २० गते आईतवार
Comment Here!