पोखरामा ‘नेपाल कप आमन्त्रण महिला फुटबल प्रतियोगिता २०७२ ’हुने


प्रकाशित मिति :2015-09-06 12:37:19

कविता  श्रेष्ठ

पोखरा ,भदौ २०आगामी असोज ३ गतेदेखि पोखरा रङ्गशालामा ‘नेपाल कप आमन्त्रण महिला फुटबल प्रतियोगिता २०७२’ हुने भएको छ ।

स्पोर्टस् फर अल क्लब नेपालको आयोजना, कास्की जिल्ला फुटबल संघ, महिला फुटबल समिति कास्की र कास्की जिल्ला आइस हक्की संघको समन्वयमा संचालन हुने प्रतियोगिता ८ दिनसम्म चल्ने स्पोर्टस फर अल क्लबले जानकारी दिएको छ ।

३६ औँ विश्व पर्यटन दिवसको उपलक्ष्यमा आयोजना गर्न लागिएको प्रतियोगिताले खेलकुदसँगै पर्यटनको विकासका  गर्ने  उद्देश्य रहेको क्लबका अध्यक्ष लोक बहादुर शाहीले जानकारी दिनुभयो । प्रतियोगितामा भारत र नेपालका गरी ११ टिमको सहभागिता रहने अध्यक्ष शाहीले बताउनुभयो ।

प्रतियोगिताको विजेता टिमले १ लाख र उपविजेता टिमले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता गर्न करीब २० लाख  रुपैयाँ लाग्ने अनुमान आयोजकले गरेको छ । प्रतियोगिता सम्पन्न गर्न राधा गुरुङको संयोजकत्वमा ३१ सदस्यीय मूल आयोजक समिति र विभिन्न उपसमिति गठन गरिएको छ ।

प्रतियोगिताको पहिलो दिन असोज ३ गते कास्की र काठमाडौंबिचे खेल हुने छ ।

प्रकाशित मिति २०७२ भदौ २० गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: