हामी सामान बनाउँछौ, विक्री गरिदिनुस्


प्रकाशित मिति :2015-09-06 14:14:14

 महिला खबर

f3पोखरा, भदौ २० । यतिबेला पोखराका टोल टोलमा सीपमुलक तालिम संचालित छन् । तर उत्पादित वस्तुको बजार व्यवस्थापनको अभावमा सीपले व्यावसायीकता लिन नपाएको तालिमका सहभागी महिलाले बताएका छन् ।
फेब्रीकद्वारा निर्मित  १५ दिने हस्तकला तालिम समापन समारोहका सहभागीले सो कुरा बताएका हुन् ।  ‘हामीले धेरै सीप सिकेका छौं, तर बजार व्यवस्थापनबारे हामीलाई थाहा छैन, उत्पादित सामानलाई बजारीकरणका लागि पहल गरिदिनु प¥यो, हामी सामान बनाउँछौ, बजार खोजिदिनुस्’ तालिमका सहभागी युनिका श्रेष्ठले भन्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि एवं पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत उदय राना मगरले महिला सशक्तिकरण र उद्यमशिलताकालागि नगरपालिकाले धेरै बजेट खर्च गरेको भन्दै आफ्नो सीपको मुल्यका लागि  अग्रसर हुन आग्रह गर्नुभयो । ‘तालिम सिकेँ भनेर मात्रै नबस्नुस् ,कहाँ कहाँ हस्तकलाका सामानको माग छ, कसरी यसलाई व्यावसायीकरण गरेर आत्मनिर्भर बन्न सकिन्छ त्यसको लागि पनि अगाडि बढ्नुस् । हामी साथ दिनेछौ’ रानाले भन्नुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख कृष्ण प्रसाद आचार्यले स्थानिय स्रोत र साधनको अधिकतम उपयोग गरी निर्माण हुने हस्तकला सामानले वातावरण प्रदुषण नहुने र फोहोरलाई मोहोरमा परिणत गर्न सकिने भन्दै  हस्तकला महिलाको फुर्सदको समय सदुपयोगसँगै आय आर्जनको माध्यम बनेको बताउनुभयो ।

पोखरा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष देव क्षेत्रीले महिलाद्वारा उत्पादित हस्तकलाका सामानलाई पोखराको चिनोको रुपमा विस्तार गर्न  पोखरा कोशेली घरको स्थापना  गर्ने तयारी भएको बताउनुभयो ।

कार्यक्रममा टोल विकास संस्था समन्वय समितिका अध्यक्ष एवं तालिमका सहभागी गीता  सुवेदीले  सीपमुलक तालिमले आत्मनिर्भरताको बाटो खुलेको बताउनुभयो ।

महिला उद्यमी हिरा भट्राईले फेब्रीकद्वारा निर्मित सामानको बजारीकरणका लागि समस्या नभएको बताउनु भयो । ‘फेब्रीकबाट व्याच, माला, र फूल बनाउन सकिन्छ । हामीले विभिन्न अवसरमा  प्लाष्टिकका फूल खादा र माला प्रयोग गर्दै आएका छौ, तर त्यसलाई विस्थापित गरेर फ्रेव्रिकद्वारा  निर्मित सामानको प्रयोग गर्न सक्यौँ भने यसको बजार राम्रो छ ।’ भट्टराइले भन्नुभयो तर यसकालागि स्थानीय हस्तकला प्रवद्र्धन गर्न सबै जुट्न आवश्यक छ ।

तालिम रेडियो जननी ९०.६ को समन्वय र पद्यमावती हस्तकला उद्योग, कास्की पोखरा हस्तकला संघ, पोखरा उद्योग वाणिज्य संघ घरेलु तथा साना उद्योग प्रर्वद्धन उपसमितिको आयोजनामा भएको थियो ।

तालिममा सहभागी २५ महिला मध्ये उत्कृष्ट प्रशिक्षार्थी क्रमशः प्रथम, द्धितीय,तृतीय, सान्त्वना विमला थापा, कमला गुरुङ्ग, पुनम थापा, रजनी केसीलाई फेब्रीकको कच्चा पदार्थ दिएर पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति :२०७२ भदौ २० गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: