नवौं राष्ट्रिय मानव वेचविखन तथा ओसारपसार विरुद्ध दिवस


पत्रकार र अधिकारकर्मी सम्मानित

प्रकाशित मिति :2015-09-06 16:02:13

नुनुता राई

g

काठमाडौं, भदौ २० ।  ‘हामी सबै मिली गरौं विपतको सामना, मानव वेचविखनको अन्त्य हाम्रो कर्तव्य र चाहाना’ भन्ने नाराका साथ आज देशभर मानव वेचविखन तथा ओसार पसारविरुद्ध नवौं राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

यसै अवसरमा काठमाडौंमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा पत्रकार तथा अधिकारकर्मी सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा पत्रकारद्वय झविन्द्र खनाल त्रिलोत्तमा दैनिक पत्रिका बुटवल  र मीना शर्मा रेडियो कान्तिपुरबाट प्रशारण हुने रेडियो कार्यक्रम समकोणको तर्फबाट सम्मानित हुनु भएको हो ।

।  मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा क्रियाशिल भई समाचार प्रशारण गरेको भन्दै पत्रकार मीना शर्मालाई मन्त्रालयले सम्मान गरेको हो । मानव बेचबिखनविरुद्धको नवौं राष्ट्रिय दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्री नीलम के.सीले  जनही नगद दश हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गर्नु भएको हो । कार्यक्रममा बोल्दै मन्त्री केसीले मानव बिचबिखन नियन्त्रणमा सञ्चारमाध्यमको शसक्त भुमिका हुने भएकाले आगामी दिनमा पनि यस क्षेत्रमा सक्रिय रहेर कलम चलाउन आग्रह गर्नुभयो । भूकम्पपछि महिला बेचबिखन बढ्दै गएको विषयमा भूकम्प प्रभावित विभिन्न जिल्लामा पुगेर तयार पारिएको रेडियो रिपोर्टका लागि पुरस्कृत भएको कार्यक्रममा सम्मानित हुनुभएकी शर्माले बताउनु भयो ।  सञ्चारिका समूहले उत्पादन गर्ने  र रेडियो कान्तिपुरबाट प्रसारण हुने  कार्यक्रम समकोणका लागि उहाँले  उक्त रिपोर्ट तयार पार्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष शेष चाँदतारा, राष्ट्रिय मानव अधिकार आयोगका सदस्या मोहना अन्सारी, शक्ति समूहका अध्यक्ष सुनिता दनुवारलगायत मानव बेचबिखन जस्तो अपराधलाई रोक्नको लागि सबै पक्ष सशक्त भएर लाग्नु पर्ने  बताउनुभयो ।
मन्त्रालयले महिला बेचबिखनविरुद्ध  सशक्त आवाज उठाएको भन्दै इलामका शारदा नेपाललाई पनि सम्मानित गरिएको छ ।

त्यसैगरी प्रसंशा पत्रद्वारा सम्मानित हुनेहरुमा मन्जु थापा अस्मिता पत्रिका, कानुनी सेवा तथा परामर्श केन्द्र, प्रहरी निरिक्षक चन्द्रा कुमारी गुरुङ महिला तथा बालबालिका केन्द्र कास्की, महिला तथा बालबालिका कार्यलय कन्चनपुरलगायतका रहेका छन् ।

प्रकाशित मितिः २०७२ भदौ २० गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: