ललितपुर, भदौ २०। अर्न्तराष्ट्रिय एनपीस अवार्ड २०१५ का लागि नेपालका २ जना महिला छनौट भएका छन्। समिदा महिला विकास मञ्च कि संस्थापक अध्यक्ष शर्मिला थापा र कैलाली की मुक्त कमैया अभियन्ता कौशिला चौधरी यो अवार्डका लागि छनौट भएका हुन्।
एकल आमाको पहिचान स्थापित गर्न पुर्याएको योगदानका लागि थापालाई र दासताविरुद्ध प्रेरणादायी र साहसिक व्यक्तित्व भन्दै चौधरीलाई अवार्डका लागि छनाैट गरिएको हो।
साथै उनीहरूलाई महिला अधिकार रुपान्तरणका उनीहरुले पुर्याएको योगदान महत्वपुर्ण रहेको भन्दै यो अवार्डका लागि छनोट गरिएको एन पीस नेटवर्कले आफ्नो वेब साईटमा जनाएको छ।।
नेपालबाट ८ जनाले यो अवार्डका लागि प्रतिस्पर्धा गरेका थिए। यी मध्ये थापा र चौधरीले अवार्ड जितेका हुन्। यो अवार्ड आउँदो अक्टुवर २३ तारिकमा अमेरिकाको न्यूयोर्कमा प्रदान गरिने छ।
प्रकाशित मिति २०७२ भदौ २० गते आईतवार
Comment Here!