पत्रकार महिलाको कामको मुल्याङ्कन राज्यले गर्नेछः सञ्चारमन्त्री


सञ्चारिका समूहद्वार पत्रकार सम्मानित

प्रकाशित मिति :2015-09-07 13:20:36

महिला खबर
ललितपुर, भदौ २१ । सुचना  तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले तल्लो तहका महिलाका सवाल सम्बोधन नभएसम्म महिलाका मुद्दा अपूर्ण रहने बताउनुभयो । उहाँले केन्द्रीयस्तरमा  महिला नेतृत्वको विकास हुनु प्रशंसनीय रहेको बताउँदै हरेक तह र तप्काका महिलाका सवाल उठान गर्न पत्रकार महिलाको संख्यात्मक र गुणात्मक बृद्धि  हुन जरुरी रहेकोमा जोड दिनुभयो ।

DSC_0696
सञ्चारिका समूह नेपालको छैटौँ महाधिवेशन तथा १९ औँ वार्षिक साधारण कार्यक्रममा बोल्दै उहाँले पत्रकार महिलाको कामको मुल्याङ्कन गर्दै राज्यले उचित स्थान र अवसर दिलाउन सक्दो पहल गर्ने बताउनुभयो ।
उहाँले पत्रकार महिलाको कामको मुल्याङकन गर्दै राज्यले उचित स्थान र अवसर दिलाउन  सक्दो पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा महिलाका सवालमा कलम चलाउने पत्रकारलाई सम्मान गरिएको छ । सञ्चारिका समानता पुरस्कार  २०७१ वाट पत्रकार मीना शर्मा र  तुफान न्यौपाने सम्मानित भएका छन् । हिमाल खबर पत्रिकामा प्रकाशित ‘बलात्कारी उम्काउने कानूनी छिद«’लेखका लागि शर्मा र न्यौपानेलाई  संयुक्त रुपमा सम्मान गरिएको हो ।

DSC_0821 - Copy
यसैगरि  सञ्चारिका प्रोत्साहन पुरस्कार २०७१ बाट रेडियो नेपालका शोभा भट्टराई र तराइ टेलिभीजनका पत्रकार प्रियङ्का पाण्डे सम्मानित भएका छन् । स्वर्गिय उमा सिंह पत्रकारिता पुरस्कार २०७१ बाट सुनसरीका पत्रकार लक्ष्मी दर्नाललाइ सम्मानित गरिएको छ । कार्यक्रममा पुर्व अध्यक्षहरू प्रेमकुमारी पन्त , बन्दना राणा, र बबिता बस्नेतलाई पनि सम्मान गरिएको छ । त्यसैगरी सञ्चारिका समूहका सदस्यहरू सत्यनिरुपण तथा मेलमिलाप आयोगका सदस्य मञ्चला झा र राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनालाई पनि सम्मान गरिएको छ ।
कार्यक्रमको उदघाटन सत्रमा  नेपाल प्रेश काउन्सिलका अध्यक्ष बोर्ण वहादुर कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्ट, उपाध्यक्ष अनिता विन्दु, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसी, प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्याल, नेपाल प्रेस युनियनका उपाध्यक्ष बाला अधिकारी, क्रियाशील पत्रकार महिला डब्लुडब्लुजेका अध्यक्ष सुभेच्छा विन्दुलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
यो वार्षिक साधारण सभाले सञ्चारिका समूहको नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मितिः २०७२ भदाै २१गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: