सञ्चारिका समूहकाे अध्यक्षमा शर्मा


प्रकाशित मिति :2015-09-07 21:17:45

सविता श्रेष्ठ
boardललितपुर,भदौ २१ । सञ्चारिका समूहको नयाँ नेतृत्व चयन भएको छ । समूहको अध्यक्षमा निर्मला शर्मा हुनुभएको छ । नयाँ नेतृत्व चयनका लागि भएको अधिवेशनमा शर्माले १३२ मत प्राप्त गर्नु भएको थियो । उहाँका प्रतिद्वन्द्वी सुचित्रा श्रेष्ठले ८४ मत ल्याउनुभयो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा नितु पण्डित, महासचिवमा कमला पन्थी, सचिवमा विमला तुम्खेवा र कोषाध्यक्षमा यशोधा अधिकारी चयन हुनुभएको छ ।
उपाध्यक्षमा पण्डितले १६२ मत ल्याउनुभयो । प्रतिद्वन्द्वी अस्मिता भण्डारीले ५५ मत ल्याउनुभयो ।
महासचिवमा पन्थीले १४० मत प्राप्त गर्नुभयो प्रतिद्वन्द्वी निर्जला कक्षपतिले ७८ मत ल्याउनुभयो । सचिवकी उम्मेदवार तुम्खेवाले १५९ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी गीता मैनालीले ५३ मत ल्याउनुभयो ।
कोषाध्यक्षमा अधिकारीले १४६ मत ल्याएर विजयी हुनुभयो । प्रतिद्वन्द्वी निरा रानाभाटले ६१ मत ल्याउनुभयो ।
१३ सदस्यीय कार्यसमितिमा ८ जना सदस्य चयन भएका छन् । नव निर्वाचित सदस्यहरूमा
कृति भट्टराई, अरुणा रायमाझी, उर्वशी बस्नेत, जया लुँइटेल, रीता तिमिल्सिना, सरस्वती शर्मा, मीना पाण्डे र रुवी रौनियार विजयी भएका छन् ।
यो नयाँ कार्यसमितिको अवधी ३ वर्षको रहने छ । कुल मतदाता २८० रहेकोमा २२४ मत खसेको थियो ।

प्रकाशित मितिः २०७२ भदाै २१ गते साेमवार

 

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: