महिला स्वास्थ्य स्वयमसेविकालाई मोवाइल उपहार


प्रकाशित मिति :2015-09-09 12:04:02

महिला खबर

नेपालगन्ज, भदौ २३ । स्वास्थ्यमा महिलाको पहुँच बढाउन सल्यान मूलखोलाका महिला स्वास्थ्य स्वयमसेविकालाई नेपाल रेडक्रस सोसाईटीले मोवाईल उपहार दिएकोछ ।

मूलखोलाका ९ जना महिला स्वास्थ्य स्वयमसेविकालाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सल्यानको आर्थिक सहयोगमा नेपाल दूरसञ्चार कम्पनीको नमस्ते सीम सहितको मोवाईल फोन वितरण गरिएकोछ ।

SAMSUNG CAMERA PICTURES
गाउँमा महिला दिदी बहिनीलाई स्वास्थ्य समस्याहुँदा खबर आदान प्रदानमा स्वयमसेविकाको सहजिकरणको मोवाईल उपहार प्रदान गरिएको रेडक्रसका फिल्ड प्रमुख ओमकार वलीले जानकारी दिनुभयो ।

प्रसुती व्यथा, गर्भवती महिलाको जाँच, खोप तथा स्वास्थ्य सम्वन्धि समस्या आई पर्दा मोवाईलबाट गाउँमा खबर दिन सजिलो हुने महिला स्वास्थ्य स्वयमसेविका पुष्पासिंह ठकुरीले बताउँनुभयो ।

मोवाईल पाएपछि गाउँका दिदी बहिनीहरुलाई खोप लगाउन गर्भवती जाँच गराउँन अस्पताल जाउ भनेर अब घर–घर धाउनु पर्ने बाध्यता हटेको उहाँको भनाईछ ।

प्रकाशित मिति २०७२ भदाै २३ गते बुधवार 

तस्विर :दुर्गा बि.सी.

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: