‘हामी सञ्चार माध्यमको नेतृत्वमा महिला देख्न चाहन्छौ’ अध्यक्ष शर्मा


'आधा जनस‌ंख्यालाई असन्तुष्ट राखेर जारी गरिएको संविधान दिगो हुँदैन'

प्रकाशित मिति :2015-09-09 12:10:53

महिला खबर

DSC_1232ललितपुर, भदाै २३ । सञ्चारिका समूहको अध्यक्ष पदमा दोस्रो पटक निर्वाचित भएपछि अध्यक्ष निर्मला शर्माले आफूहरू पत्रकार महिलाको संख्या क्षमता र प्रभाव वृद्धि गर्ने काममा निरन्तर क्रियाशिल रहने बताउँनु भएको छ। निर्वाचित भएपछि महिला खबर डट कमसंग कुरा गर्दै अध्यक्ष शर्माले भन्नुभयो, ‘सञ्चारिका समूहका पछिल्ला गतिविधि, र कार्यक्रमले हाम्रो आत्मविश्वास साँच्चिकै बढाउँदै लगेको छ।’

अध्यक्ष शर्माले ‘आफनो गठनकालदेखि नै सञ्चारिका समूह नेपाली सञ्चार माध्यमको निर्णायक तहमा पत्रकार महिलाको शसक्त उपस्थिति र सञ्चार माध्यममा महिलाका मुद्दाले प्रभावकारी स्थान पाउनु पर्दछ भन्ने मान्यता राख्दै आएको’ बताउनुभयो। शर्माको भनाइ थियो– अहिले पनि नेपाली पत्रकारितामा महिलाको संख्यात्मक उपस्थिति न्यून छ। त्यसमा पनि सञ्चार क्षेत्रको नीति निमार्ण तहमा महिलाको उपस्थिति हदैसम्म कमजोर छ।

मुलुक संविधान निमार्ण प्रक्रियामा छ। सञ्चार माध्यम मार्फत महिलाका मुद्दालाई सशक्त रुपमा उठाउन हामी प्रयत्नशील छौँ भन्दै शर्माले महिलासहित सबै उत्पीडित समूदायका मागहरूलाई आगामी संविधानले सम्बोधन गर्नेछ भन्नेमा आफुहरू बिश्वस्त रहेको बताउनुभयो।
शताब्दीयाै‌ंदेखि पुरुषवादी चिन्तनको शिकार भएका महिलाले उठाउँदै आएको वंश र अशंको अधिकार’लाई संविधानमा अवश्य समेटिने उहाँको अपेक्षा छ। आधा जनसंख्यालाई असन्तुष्ट राखेर जारी गरिएको संविधान दिगो हुँदैन’ अध्यक्ष शर्माले भन्नुभयो, ‘हाम्रो संस्थाका सवै गतिविधि र कार्यक्रमहरू मार्फत यी माग पुरा गराउन दबाब सिर्जना गछौ।’

शर्मा भन्नुहुन्छ, ‘हामी नेपालका सञ्चार माध्यमको नेतृत्व तहमा महिला देख्न चाहन्छाैं। नेपालका सञ्चार माध्यमहरुले आधाभन्दा बढी जनसंख्या भएका महिलाका मुद्दालाई सोही हैसियतमा स्थान दिएको हेर्न चाहन्छौ। त्यस अर्थमा पत्रकारितामा महिलाको उपस्थिति बढ्दै जानु नेपाली सञ्चार माध्यमहरू थप समावेशी, र लोकप्रिय बन्दै जानु हो भन्ने हाम्रो बुझाइ छ।’

सम्पादकीय अर्न्तवस्तुको निर्णय गर्ने तह, समाचार कक्ष र सञ्चार माध्यम सम्बद्ध विभिन्न संस्थाको नेतृत्वमा महिलाहरू पुग्नै पर्छ भन्दै शर्माले भन्नुभयो, ‘अब पत्रकार महिलाहरू कसैका कार्यकर्ता वा मतदातामा सिमित भएर बस्दैनन्। उनीहरू परेको ठाउँमा नेतृत्व गर्छन्। यसका लागि उनीहरूमा नेतृत्व क्षमताको विकास गर्ने कार्यक्रम जरुरी पर्छ। हामी त्यो काम गर्छाै।’

भदौ २१ मा ललितपुरमा भएको सञ्चारिका समूहको छैठा‍ै‌‌ महाधिवेशनमा मुलुकका पाँचै विकास क्षेत्रका ६० भन्दा बढी जिल्लाका पत्रकार महिलाको उपस्थिति थियो।

प्रकाशित मितिः २०७२ भदाै २३ बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: