हाडनाताकरणी गर्ने बाबु जेल चलान


प्रकाशित मिति :2015-09-09 12:43:12

महिला खवर
ताप्लेजुङ, भदौ २३ । आफ्नै नावालिक छोरी बलात्कार गर्ने ताप्लेजुङको फुङ्लिङ बस्ने ३५ वर्षीय बाबुलाई जिल्ला अदालत ताप्लेजुङले पुर्पक्षका लागि थुनामा राखेर अनुन्सन्धान गर्न आदेश दिएकोछ ।

जिल्ला प्रहरी कार्यालयका मुद्धाफाँटका प्रमुख प्रहरी निरिक्षक रामेश्वर पण्डितका अनुसार तीन साता अघि आफ्नै छोरी बलात्कार गरेपछि पक्राउ परेका बाबुलाई प्रहरीले मुलुकी ऐनको जवर्जस्ती करणी र हाडनाताकरणी अन्तर्गत मुद्धा दर्ता गरेको थियो ।

छोरीलाई बलात्कार गरेपछि ती बाबुले ‘कसैलाई भनेका ज्यान मारिदिने’ धम्की समेत दिएको उजुरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ ।
बालिकाले बडाबाबु र फूपूलाई आफु बाबुबाटै बलात्कृत भएको जानकारी दिएपछि कानुनी कारवाहीका लागि उजुरी दिएको आधारमा उनलाई पक्राउ गरी हिरासतमा राखिएको थियो । अदालतले प्रहरीलाई थप अनुसन्धान गर्न पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

प्रकाशित मिति २०७२ भदौ २३ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: