महिला खबर
नेपालगन्ज, भदौ २३ । मध्यपश्चिमका तराईका जिल्लामा एकमहिनादेखि जारी बन्द हड्तालको असर सवै भन्दा धेरै महिलालाई परेको छ।
भन्साको कामदेखि बाहिरसम्मको काम महिलाले निर्वाह गर्नुपर्ने भएकोले बन्दको मारमा सबैभन्दा बढी महिला परेका हुन्। बिभिन्न राजनीतिक दलमा आवद्ध बाँकेका महिला नेताले बन्द, हड्ताल गरेर सास्ती नदिन आन्दोलनरत पक्षसँग आग्रह समेत गरेका छन्।
अन्तरपार्टी महिला सञ्जाल बाँकेकी अध्यक्ष नारायणी रुपाखेतीले बन्दको असर सबैभन्दा बढी महिलालाई परेको भन्दै यसको स्वरुप परिवर्तन गर्न आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो,– ‘यो बन्दको मारमा सबैभन्दा बढी हामी नै परेका छौ।’ बन्द, हड्ताल गर्नुभन्दा वार्ताको टेबुलमा बस्न उहाँको छ।
एमाले नेता विजया धितालले पनि लगातारको बन्दले महिला तथा बालबालिका, अशक्तहरूको बिचल्ली भएको भन्दै आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह गर्नुभयो।
साउन २४ गतेदेखि मध्यपश्चिमको दाङ, बाँके, बर्दियालगायतका जिल्लामा निरन्तर बन्द आयोजना भईरहेको छ। पूर्व सभासद् एवम् काँग्रेस नेता मोहम्मदी सिद्दिकीले आफ्नो अधिकार माग्दा अरुको अधिकारको पनि ख्याल गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो–’बन्द गर्नुमात्र आन्दोलन होईन।’ मान्छे मारेर आन्दोलन सफल नहुने सिद्दिकीको भनाई छ।
प्रकाशित मितिः २०७२ भदाै २३ गते बुधवार
Comment Here!