जननी तीज विशेष हस्तकला व्यापार मेला


प्रकाशित मिति :2015-09-10 11:11:07

महिला खबर

पोखरा, भाद्र २४ । आर्थिक समृद्धिका लागि उद्यमशीलता आजको आवश्यकता भन्ने उद्घोषका साथ सञ्चालित दोस्रो जननी तीज विशेष हस्तकला व्यापार मेला सम्पन्न भएकोछ ।

रेडियो जननी ९०.६ र कास्की पोखरा हस्तकला संघले उद्यमशीलतालाई केन्द्रित गरेर ३ दिने मेलाको आयोजना गरेको थियो । सो मेलाको समापन समारोहमा बोल्दै प्रमुख अतिथि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्द किशोर बस्नेतले रेडियोले आवाज मात्रै होइन, सीप पनि दिन्छ भन्ने उदाहरण पेश गर्न सफल भएको बताउनु भयो ।

उहाँले महिलालाई आर्थिक अधिकार सम्पन्न गराउन चेतनाको विकाससँगै सिपमुलक तालिम आवश्यक रहेको भन्दै औद्योगिक क्षेत्रमा महिलालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

विशिष्ट अतिथि ब्रोडकास्टिङ्ग एशोसियसन अफ नेपाल, वानका केन्द्रिय अध्यक्ष गोपाल कुमार झाले रेडियोले नागरिकलाई सचेत गराउनुका साथै उद्यमशीलतालाई प्राथमिकता दिएर अघि बढ्नु उदारहणीय र अतुलनिय भएको भन्दै प्रसंशा गर्नुभयो ।

रेडियो जननीका अध्यक्ष हिरा भट्टराईले रेडियोले मेला मार्फत उद्यमशीलता विकासका लागि चालेको कदम सफल भएको बताउनुभयो ।
महिला उद्यमी विष्णु उँचाइ ठकुरीले रेडियोले प्रदान गरेका सीपबाट आफू आत्मनिर्भर हुने सकेको भन्दै अन्य दिदीबहिनीलाई पनि सीपमुलक तालिम सिकेर आत्मनिर्भर हुन आग्रह गर्नुभयो ।

मेलामा प्राकृतिक विपत्तिमा उद्यमशीलता विषयक सामूहिक तीज गीत प्रतियोगिता समेत राखिएको थियो । प्रतियोगितामा एकल धारा आमा समूह मालेपाटन प्रथम हुँदै २० हजार रुयैयाँ पुरस्कार जितेको छ ।

दाेस्राे हुन सफल कामधेनुु कृषक महिला समूह हेम्जाले १५ हजार, तेस्राे हुँदै किँरात आमा समूह न्यूरोडले १० हजार र नेपाल मगर संघ रामबजारले सान्त्वना हुँदै ३ हजार रुपैयाँ पुरस्कार जित्न सफल भए । तीज गीत प्रतियोगितामा ५३ समूहले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति २०७२ भदौ २४ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: