फरार बलात्कारी पक्राउ


प्रकाशित मिति :2015-09-10 11:32:29

ईश्वरी जी.एम.

रोल्पा, भदौ २४  । अदालतबाट जबरजस्ती करणीको अभियोगमा आठवर्ष कैद तोकेर फरार रहेका एक व्यक्तिलाई रोल्पा प्रहरीले
पक्राउ गरेको छ। नेपालगञ्ज नगरपालिका बाँके घर भएका सुजन केसी ढोलेलाई रोल्पाको सदरमुकाम लिबाङमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले फेला पारेको हो।

ढोलेलाई २०७१ कार्तिक २४ गते पुनरावेदन अदालत तुलसीपुर दाङले जबरजस्ती करणी मुद्दामा आठवर्ष कैद सजाय सुनाएको थियो। शुक्रबार पक्राउ परेलगत्तै उनलाई जिल्ला अदालत रोल्पामा पेश गरिएको थियो। उनको मुद्दाबारे यसअघि नै फैसला भइसकेकोले उनलाई अदालतबाट सिधै कारागारमा चलान गरिएको छ।

ढोलेले रोल्पाको लिबाङ–खुङ्ग्री सडक खण्डमा एक बालिकालाई बलात्कार गरेको अदालतले ठहर गरेको थियो। २०६८ मंसिर १५ गते पीडित परिवारले जिल्ला अदालतमा मुद्दा दायर गरेपछि अदालतले ढोलेलाई सफाई दिएको थियो। जिल्ला अदालतको सफाईपछि पीडित परिवारले पुनरावेदन गरेका थिए। पुनरावेदन अदालत तुलसीपुरले २०७१ कार्तिक २४ गते पीडितको पक्षमा फैसला सुनाएको थियो।

प्रकाशित मितिः २०७२ भदाै‌ २४ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: