महिलाद्वारा रिले अनशन जारी


प्रकाशित मिति :2015-09-10 12:46:08

महिला खबर

काठमाडाैं,भदाै २४ । महिलामैत्री संविधानका लागि सुरु गरिएको रिले अनशनको आज ८ औं दिन पुग्दासम्म पनि सरकारले कुनै वास्ता गरेको छैन् । संविधानमा महिलाका हक अधिकार सुनिश्चित गर्न मागगर्दै लैङ्गिकमैत्री संविधानका लागि साझा अभियानले बबरमहलमा २४ घण्टे रिलेअनशन जारी राखेको छ ।
अधिकारकर्मी डा.रेणु अधिकारीले जायज माग लिएर महिलाले रिले अनशन सुरु गरेको आज ८ औं दिनसम्म पनि सरकारले माग सम्बोधन गर्न कुनै चासो नदेखाएको बताउनुभयो ।

11998805_526931610816418_3604079025311105452_n

उहाँले आफ्नो माग प्रति सरकारले बेवास्ता गरेकाकारण आज अभियानमा आबद्ध संघसंस्थासंग छलफल गरी थप कार्यक्रम सार्बजनिक गर्ने बताउनुभयो । अभियानले महिला मैत्री संविधानका लागि दुई महिना अगाडीदेखि दबाव मूलक कार्यक्रमहरू गर्दै आएकोछ । साझा अभियानले महिलाको पहिचान र सहभागिताको विषयमा आवाज उठाउँदै आएको छ ।

बबरमहलमा जारी रिले अनशनमा विभिन्न संघसंस्था, महिला अधिकारकर्मी, राजनीतिक पार्टीमा आबद्ध महिला नेता र पुरुषहरूको पनि सहभागिता तथा समर्थन रहेको अधिकारीले बताउनुभयो ।
जारी रिले अनशनमा एउटा समूह ६ घण्टासम्म बस्ने गरेको छ । आफ्ना माग पुरा नहुँदासम्म आन्दोलन जारी राख्ने आन्दोलनकारीहरूको भनाइछ ।

प्रकाशित मिति २०७२ भदौ २४ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: