दाङमा अझै कमलरी


प्रकाशित मिति :2015-09-10 12:57:06

महिला खबर

दाङ, भदौ २४ । दाङ जिल्लालाई पहिलो मुक्त कमलरी जिल्लाका रूपमा घोषणा गरेपनि अझै ३३ जना कमलरी मुक्त हुन बाँकी रहेका छन्।

मुक्त कमलरी विकास मञ्च दाङकी अध्यक्ष उर्मिला चौधरीले पहुँचवाला र जमिनदारको घरमा लुकीछिपी बसेका कारण उनीहरूलाई उद्धार गर्न कठिनाइ भएको बताउनुभयो। उहाँले उद्धार कार्यमा सहयोग गर्न प्रशासन, नागरिक समाज, अधिकारकर्मी, राजनीतिक दल, पत्रकारलगायत सबैमा आग्रह गर्नुभयो।

विगतमा कमलरी र सरकारबीच भएको सहमति कार्यान्वयन हुनुपर्ने र अब बन्ने संविधानमा कमलरीको मागलाई सम्बोधन गरी उनीहरूको हकअधिकारलाई सुनिश्चित गर्नुपर्ने माग गर्नुभयो। उहाँले कमलरीको आर्थिक अवस्था निकै नाजुक भएकाले दस जोड दुईपछिको पढ्न पाउने शिक्षाको सहज वातावरण मिलाइदिन सरकारसँग आग्रह गर्नुभयो।

मुक्त कमलरी विकास मञ्च दाङको २०६५ सालको तथ्याङ्कअनुसार दाङमा करिब चार हजार पाँच सय कमलरी थिए। अहिले करिब नौ सय मुक्त कमलरी स्कुल तथा क्याम्पसमा अध्ययन गरिरहेका छन् भने तीन सय १८ कमलरी आफँैले सञ्चालन गरेका आठवटा सहकारी संस्थामा बचत गरेको रकमबाट सुँगुर, बंगुर, बाख्रा, कुखुरापालनका साथै कृषि पेसा गरिरहेको चौधरीले जानकारी दिनुभयो । दाङलाई २०६५ माघ १ गते कमलरीरहित जिल्ला घोषणा गरिएको थियो।

प्रकाशित मितिः २०७२ भदाै २४ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: