बोक्सी अाराेपमा पुरुषलाई खुवाइयो मलमूत्र


चार जना पक्राउ

प्रकाशित मिति :2015-09-10 13:09:57

महिला खबर

सिराह, भदौ २४। कथित बोक्सी भन्दै एक पुरुषलाई मानव मलमूत्र खुवाएको आरोपमा प्रहरीले सिरहाको डाढा गाविसबाट चार जनालाई पक्राउ गरेको छ। बोक्सी भन्दै स्थानीय रामसुफल यादवलाई मानव मलमूत्र खुवाएको आरोपमा प्रहरीले डाढा गाविस निवासी महावीर सहनी, राकेश सहनी, ईन्दुदेवी सहनी र जनकदुलारी सहनीलाई पक्राउ गरेको हो।

घटनामा संलग्न रहेको आरोप लागेका दुई जना फरार रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो।

बाेक्सी भन्दै मानव मलमूत्र खुवाइएका रामसुफल यादवको लहानस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

डाढा गाविस का राजेन्द्र सहनीको १४ वर्षीय छोरा सुन्दर सहनीको अज्ञात रोगका कारण गत असार २५ गते धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो।

सहनीको मृत्यु भएपछि सहनीका आफन्तले झाँक्रीको काम गर्दै आएका रामसुफल यादवले नै टुनामुना (बोक्सी) गरी मारेको भन्दै मानव मलमूत्र खुवाएका थिए।

प्रकाशित मितिः २०७२ भदाै २४ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: