चेपाङ महिला सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रम बढ्दै


प्रकाशित मिति :2015-09-10 14:48:42

महिला खबर

चितवन, भदौ २४ । सुत्केरी व्यथाले च्यापेपछि घारी र वनतिर जाने चलन रहेको चेपाङ समुदायका महिलामा अहिले सुत्केरी गराउँन स्वास्थ्य संस्था जाने क्रम बढेको छ।स्वास्थ्य सम्बन्धी चेतना बढेकाले उनीहरूको स्वास्थ्य संस्थाप्रति आकर्षण बढेकोे चितवन शक्तिखोरका अगुवा दलबहादुर चेपाङले बताउनुभयो।

चितवनको दारेचोक गाविसमा गतवर्ष स्वास्थ्य संस्थामा सुत्केरी गराइएका ९४ जनाध्ये २३ जना चेपाङ महिला रहेको स्थानीय स्वास्थ्य चौकीकी  अनमी पम्फा घर्तिमगरले जानकारी दिनुभयो।

सामान्य ज्वरो, रुघाखोकी हुँदा समेत चेपाङ समुदाय स्वास्थ्य संस्थामा आउने गरेको स्वास्थ्य चौकीले जनाएको छ। चितवनका पहाडी नौ गाविसमा धेरै चेपाङको बसोबास छ। जिल्लामा ३५ हजारको हाराहारीमा चेपाङको जनसङ्ख्या छ।

तर, ठूलो स्वास्थ्य संस्थामा जानु पर्‍यो भने पैसा अभावले नजाने गरेको अनुभव गाउँका स्वास्थ्य चौकीको छ। ‘जे हुन्छ यही उपचार गरिदिनुपर्‍यो भन्छन्, अझ हामी कर्मचारीसँग पैसा माग्छन्’– पम्फाले भन्नुभयो।

प्रकाशित मितिः २०७२ भदाै २४ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: