कविता श्रेष्ठ
काठमाडाैं,भदौ २४ । वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि मानव तस्करहरू सल्बलाउँदा महिला तथा बालबालिका उच्च जोखिममा रहेको शक्ति समूहका अध्यक्ष सुनिता दनुवारले बताउनुभएको छ ।
भूकम्पपछि घरपरिवार गुमाएका र अस्थायी शिविरमा बस्दै आएका महिला तथा बालबालिकामा झनै जोखिममा रहेको दनुवारको भनाइ छ ।
प्रभावित क्षेत्रका दुईसय भन्दा बढी महिला तथा बालबालिका उच्च जोखिममा रहेको र दुई सय जना हराइरहेको शक्ति समूहले जानकारी दिएको छ ।
धर्मपुत्र वा पुत्रीको नाममा ,आर्थिक तथा सामाजिक प्रलोभन देखाई महिला तथा बालबालिका बेचबिखनमा परेको समूहको भनाई छ ।
अध्यक्ष दनुवारका अनुसार दश हजार बढी महिला तथा बालबालिकालाई ‘मानव बेचबिखन र सर्तकता’ विषयक सचेतनामुलक कार्यक्रम संचालन गरिसकेको छ । ‘हालै सिन्धुपाल्चोकको बनदेउ चोकमा प्रहरी प्रशासन र बालकल्याण संस्थासँगको सहकार्यमा सूचना केन्द« स्थापना गरी ३१ जना महिलालाई उद्धार ग-यौँ ’,उहाँ थप्नुहुन्छ । तस्करहरूले नयाँनयाँ तरिकाले ओसार प्रसारमा सक्रिय हुन थालेसँगै भूकम्पबाट प्रभावित महिला जोखिममा छन् ।
शक्ति समूहले नुवाकोट ,सिन्धुपाल्चोक र मकवानपुर गरी १७ वटा गाविसमा महिला तथा बालमैत्री समिति गठन गरी बेचबिखन न्यूनिकरणका गतिविधि गरी रहेको छ । नेपालका २८ वटा जिल्ला उच्च जोखिममा रहेकोले प्रभावित क्षेत्रका महिला र बालबालिकालाई सर्तकता अपनाउन पनि उहाँ आग्रह गर्नुहुन्छ ।
प्रकाशित मिति २०७२ भदौ २४ गते बिहीवार
Comment Here!