महिला खबर
काठमाडौं,भदौ २५ । राष्ट्रिय बहिरा महासंघ नेपाल नयाँ बन्ने संविधानमा नेपाली साङ्केतिक भाषालाई राष्ट्रभाषाको मान्यता दिन माग गर्दै सडकमा ओर्लिएकाे छ ।
तीन लाख नेपाली बहिराले प्रयोग गर्ने नेपाली साङ्केतिक भाषालाई मस्यौदा संविधानको धारा ६ को राष्ट्रभाषामा समावेश गर्न धारा ३१ (४) को शिक्षा सम्बन्धी महलमा भएको भाषिक त्रुटि सच्याउन महासंघले माग गरेको छ ।
उनीहरूले दोभाषे प्रयोग गर्ने बहिरा नागरिकहरूको अधिकार संविधानमा सुनिश्चित गर्नका लागि दवाव स्वरुप जुलुस निकालेको बताएका छन् ।
बहिरा समुदायको पहिचान र अधिकार सम्बन्धी माग गर्दै धेरै स्कुले बालबालिका हात हल्लाउँदै काठमाडौंकाे बबरमहलमा निस्केकाे जुलुसमा सहभागी थिए ।
प्रकाशित मिति २०७२ भदौ २५ गते शुक्रवार
Comment Here!