तीज उत्सवमा उद्यमी महिलाका उत्पादनलाई प्रोत्साहन


प्रकाशित मिति :2015-09-11 14:56:31

रमला सिंगक

teej festvसुनसरी, भदौ २५ । महिलाको चाड तीजलाई भड्किलो हुनबाट मुक्त गर्न धरानमा तीनदिने जेसिज तीज उत्सवमा उद्यमी महिलाको उत्पादनलाई प्रोत्साहन दिइएको छ । शनिबारसम्म चल्ने उत्सव धरान जेसिज प्रथम महिला समूहको संयोजनमा धरान १० स्थित सैनिक भवनमा आयोजना गरिएको छ ।

महङ्गा सारी र गहनालगाएर आधुनिक शहरी मध्यम वर्गीय महिलाहरू नाचगान गर्दै तीज मनाइरहेको बेला धरानका केही उत्साही र सृजनशील महिलाले साना व्यावसायी महिलालाई प्रोत्साहित गर्न  आयोजना गरेको उत्सवमा महिलासम्बन्धी सामाजिक एवं व्यावसायिक संस्थाहरूले जनचेतनामुलक तथा व्यापारीक स्टल राखेका छन् ।

नाजगान र महङ्गो गरगहना प्रर्दशन गर्ने प्रबृत्ति निरुत्साहित गरी महिलालाई आर्थिकरुपमा सशक्तीकरण गर्न यस्तो  तीज उत्सव आयोजना गरिएको आयोजक संस्थाको भनाई छ ।

आयोजक यशोदा कायस्थले भन्नुभयो, ‘तिजलाई महिलाले आफ्नो दुःख, पीडालाई बिर्सेर नाच गान गर्दै उन्मुक्त भएर मनाउने चलन छ, तर हामीले महिलालाई आत्मनिर्भर गराउन उनीहरूको उत्पादनलाई प्रर्वद्धन गर्ने उद्देश्यले तीज उत्सव आयोजना गरेका हौं ।’

धरान महिला सञ्जालकी उपाध्यक्ष सविता राईले महिला उद्यमीको उत्पादनलाई बजारीकरण गर्न उत्सवले प्रोत्साहन दिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बहानामात्र तीज हो । हाम्रो उद्देश्य निम्न आर्थिक आय भएका महिलाले उत्पादन गरेका सामग्रीलाई उपभोक्तासम्म पुर्‍याउन यो उत्सवलाई माध्यम बनाएका हौं ।’

धरान जेसिज प्रथम महिला समूहकी संयोजक रेवा श्रेष्ठले भन्नुभयो, ‘आधुनिक तीजको भड्किलो पक्षलाई निरुत्साहित गर्दै यसै वहानामा महिलाका उत्पादनलाई प्रर्वद्धन गर्ने उत्सवको मुख्य उद्देश्य रहेको छ ।’

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठले यस्तो कार्यक्रमले महिला उद्यमीलाई संगठित गरी उनीहरूको उत्पादनलाई बजारीकरण र महिला सशक्तीकरणमा पनि टेवा पुग्ने धारणा राख्नुभयो ।

प्रकाशति मितिः २०७२ भदौ २५ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: