३ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ


प्रकाशित मिति :2015-09-11 14:57:56

महिला खबर 

कैलाली, भदौ २५। कैलाली चौमाला गाविसकी ३ वर्षीया बालिका बलात्कार गर्ने चौमाला कै १७ वर्षीय अर्जुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। चौधरीलाई भदौ १९ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। गत १३ गते राति बालिकालाई चौधरीले बलात्कार गरेका थिए।

प्रहरीका अनुसार चौधरीले ती बालिकालाई उनकै घरबाट राती अपहरण गरेर जङ्गलमा लगी बलात्कार गरेका थिए। दोश्रो दिन बालिका स्थानीय धार्मिक वनमा अर्धवेहोस अवस्थामा भेटिएकी थिइन्। बलात्कृत बालिकाको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ। बालिकाको स्वास्थ्य अवस्था सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

प्रकाशित मितिः २०७२ भदाै २५ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: