महिलाको मागलाई बेवास्ता गरे कडा आन्दोलनमा उत्रने


प्रकाशित मिति :2015-09-11 15:10:56

सुजाता ढुंगाना

काठमाडौं, भदौ २५ । नयाँ बन्ने संविधानमा पहिचान सहित सहभागिताको मागलाई लिएर महिलाले गरेको शान्तिपूर्ण आन्दोलनलाई राज्यले बेवास्ता गरेको महिला अधिकारकर्मीहरूले बताएका छन् ।

अधिकारकर्मी महिलाले आज पत्रकारसम्मेलन गरी रिले अनशन बसेको नबौँऔं दिन वितिसक्दा पनि राज्यले कुनै वास्ता नगरेको भन्दै त्यसको प्रतिकारमा आफुहरू कडा आन्दोलनमा जाने चेतावानी दिएका छन् ।

महिलामैत्री संविधाानका लागि साझा अभियानका अन्तरिम संयोजक डा.रेणु अधिकारीले महिलाको मागलाई वेवास्ता गरेर संबिधान जारी गर्न खोजे त्यो मान्य नहुँने बताउनुभयो ।

????????????????????????????????????

पहिचान सहितको अधिकारको मागिरहेका पक्षलाई राज्यले धरपकट गरेर आन्दोलन दवाउन खोजेको प्रति अधिकारकर्मीले खेद व्यक्तगर्दै यो स्थितिलाई अविलम्ब रोक्न सरकारसंग माग गरेका छन् ।

पत्रकार सम्मेलन मार्फत अधिकारकर्मी महिलाले देशका बिभिन्न भागमा भैरहेका आन्दोलनले ज्याला मजदूरी गर्ने, बिरामी, महिला तथा बालबालिकालाई सबैभन्दा ठूलो असर परेको भन्दै आन्दोलनकारीलाई हिंस्रक आन्दोलन रोकेर शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गरेका छन । उनीहरूले रिले अनशन ९ दिनदेखि काठमाडौंको बबरमहलमा जारी राखेका छन् ।

प्रकाशित मिति २०७२ भदौ २५ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: