प्रतिबन्धात्मक व्यवस्था संशोधन गर्न माग गर्दै पत्रकार धर्नामा


प्रकाशित मिति :2015-09-11 15:46:09

निर्मला ठकुराठी

काठमाडौं,भदाै २५ । ‘प्रतिबन्धात्मक व्यवस्था संशोधन गरौं, संविधानमा प्रेस स्वतन्त्रताको ग्यारेन्टी गराऔं’ भन्ने नारासहित नेपाल पत्रकार महासंघले शुक्रवार खवरदारी गर्दै एकघण्टा धर्ना बसेका छन् ।

‘नेपालको संविधानको परिमार्जित विधयेक–२०७२’ को स्वतन्त्रताको हकसम्बन्धी विभिन्न धाराप्रति गम्भीर असहमति प्रकट गर्दै महासंघले काठमाडौंको बबरमहलमा एक घण्टा धर्ना दिएको हो ।

????????????????????????????????????

धर्नामा बोल्दै महासंघका अध्यक्ष डाक्टर महेन्द्र बिष्टले संविधानको मस्यौदामा गरिएको व्यवस्थाले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको क्षेत्रमा काम गर्ने, वकालत गर्ने, तथा यसको पक्षमा रहेका हरेकलाई चिन्तित बनाएको बताउनुभयो ।

उँहाले लोकतन्त्रलाई संस्थागत गर्न संविधान निर्माण गर्ने तर, लोकतन्त्रलाई संस्थागत गर्ने महत्वपुर्ण अंगका रुपमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित पार्न खोजिएको बताउँदै प्रतिबन्धात्मक वाक्याशंलाई संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । उँहाले संविधानसभामा दर्ता भएको संशोधन प्रस्तावलाई समर्थन गरी पारित गराइदिन सभासदहरूलाई अनुरोध गर्नुभयो ।

????????????????????????????????????

धर्ना कार्यक्रममा सञ्चार माध्यमसँग सम्बद्ध बिभिन्न संघसंगठनले पत्रकार महासंघको आन्दोलन प्रति ऐक्यवद्धता जनाएका थिए । संविधान सभामा दर्ता भएको संशोधन प्रस्तावमा सुनुवाई गरी संशोधनमा दबाब दिन आज बिहान ११ बजे देखी १२ बजेसम्म काठमाडौंको बबरमहलमा धर्ना बसेको महासंघले जनाएको छ ।

प्रकाशित मिति २०७२ भदाै २५ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: