महिला खबर
सिन्धुली, भदौ २७ । सिन्धुलीमाढीमा शनिबार आयोजित एक कार्यक्रममा सहभागी जिल्लाका एकल महिलाले घर र समाजबाट नै आफहरूू हेपिनु परेको गुनासो गरेका छन् ।
सञ्चारिका समूहले कान्तिपुर टेलिभिजन मार्फत प्रशारण हुने कार्यक्रम समकोणको लागि ‘एकल महिलाको समस्या र समाधान’को सवालमा गरिएको कार्यक्रममा सहभागी एकल महिलाले एक्लो भएपछि घरबाट नै नराम्रो दृष्टिकोणले हेरिने गरेको र समाजले पनि हेप्ने गरेको गुनासो गरेका थिए । उनीहरूले घर समाजबाट हेपिँदा र राज्यको एकल महिलालाई सम्मान गर्ने प्रभावकारी निती नहुँदा आफुहरू सँधै समस्यामा बाँच्न विवश भएको बताएका थिए ।
कार्यक्रममा आफ्नो विचार र प्रश्न राख्ने अधिकाशं एकल महिलाले राज्यले एकल महिलालाई हरेक तह र तप्कामा उपेक्षा गरेको गुनासो गरेका थिए ।
महिला अधिकारकर्मी प्राध्यापक तथा एकल महिला समूहकी केन्द्रीय सल्लाहकार राधा शर्मा, नेपाल सरकारका केन्द्रीय पञ्जीकरण विभाग प्रमुख, एकल महिला जिल्ला अध्यक्ष मिना बानियाँ विशेष अतिथीको रुपमा सहभागी रहेका थिए ।
कार्यक्रममा जिल्लास्थित राजनैतिक पार्टीका प्रमुख, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।
प्रकाशित मिति: २०७२ भदौ २७ गते आईतवार
Comment Here!