रिले अनशनमा ऐक्यवद्धता जनाउने क्रम बढ्दो


प्रकाशित मिति :2015-09-13 11:45:04

महिला खबर

काठमाडौं, भदौ २७ । पहिचान र सहभागिताको मागसहित एघारौं दिन शनिवार सञ्चारिका समूह, एफ डब्लु एल डी र नेपाल नर्सिङ संघ रिले अनशनमा बसेका छन् ।

लैङ्गिकमैत्री संविधानका लागि साझा अभियानले सुरु गरेको रिले अनशनमा ऐक्यवद्धता जनाउँदै रिले अनसनमा सहभागी भएको उनीहरूले बताएका छन् । भदौ १६ गतेदेखि सुरु भएको रिले अनशन माग पुरा नहुँदासम्म जारी रहने अभियानमा आवद्ध अधिकारकर्मीले बताएका छन् ।
अभियानमा महिला मानवअधिकार सँग सम्बन्धित संघसंस्था र राजनीतिक पार्टीमा आबद्ध महिलाको पनि समर्थन रहेको छ । अभियानमा सहभागी संघसंस्थाहरू मध्येबाट एउटा समूह ६ घण्टासम्म रिले अनशनमा बस्ने गरी आलोपालो गरिरहेका छन् ।

Untitled

संविधानको मस्यौदा मै र विधयेक आइ सकेपछि पनि अधिकार सुनिश्चितताका लागि राष्ट्रपति, सभामुख, प्रधानमन्त्री, पार्टीका अध्यक्ष समक्ष सुझाव बुझाएको र सडक आन्दोलन गर्नेदेखि ध्यानाकर्षण पत्र बुझाउनेसम्मका काम गर्दा पनि माग सम्बोधन नभएपछि अनशन बस्नुपरेको महिलाले बताएका छन् ।

अहिले सरकार, राजनीतिक दलका नेतादेखि मानवअधिकार कर्मीसम्मको ध्यानाकर्षण भएपनि माग सम्बोधन नभएसम्म अनशन जारी राख्ने चेतावनी अभियानकर्मीले दिएका हुन् ।
संविधान सभाको बैठक स्थगित गरि आन्दोनरत अन्य राजनीतिक दलसँग जस्तै महिलासँग पनि वार्ता गरेर समस्या समाधान गर्नुपर्ने उनीहरूको माग छ ।

प्रकाशति मितिः २०७२ भदौ २७ गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: