टीकापुरका महिलाले यसवर्ष तीज नमनाउने


प्रकाशित मिति :2015-09-13 12:07:24

दुर्गा देवकोटा

टीकापुर, भदौ २७ । शोकमा डुबेको टीकापुरका महिलाले यसवर्ष तीज नमनाउने भएका छन् । दुई वर्षीय एक बालक सहित ८ प्रहरीको हत्या भएपछि शोकमा डुबेको टीकापुरमा यसवर्ष तीज पर्व नमनाइने अधिकारकर्मी विष्णुदेवी रावलले बताइन् । रावलले भनिन्–‘टीकापुरमा बन्द र कर्फ्यूको छ । यस्तो अवस्थामा कसरी तीज मनाउनु ?’ रावलले महिलाको उत्सवका रुपमा मनाइने तीज पर्वको रौनक टीकापुरमा छाउन नसकेको बताउँदै हिंसात्मक घटनाले बढी मारमा महिला परेको बताइन् ।

 विगतका वर्षमा टीकापुर क्षेत्रमा विभिन्न संघसंस्था र राजनीतिक दल निकट संगठनले एक महिनाअघिदेखि तीजको दर खाने कार्यक्रम र नाचगान शुरु गर्थे । यसवर्ष सबै शोकमा रहेका र सामाजिक सद्भाव कसरी जोगाउने भन्ने चिन्तामा रहेका कारण तीजको कुनै कार्यक्रम नहुने नेपाली कांग्रेसका नेता योजना अधिकारीले बताइन् ।

अधिकारीले भनिन्–‘महिला त्रसित छन् । चाडपर्व मनाउने तयारी छैन ।’ करिव डेढ महिनादेखि टीकापुर बन्द छ । भदौं ७ गते टीकापुरमा भएको घटनापछि टीकापुरमा लगातार कर्फ्यूको पनि जारी छ । जसका कारण सबैभन्दा बढी समस्यामा महिला परेका छन् ।

प्रकाशित मितिः २०७२ भदौ २७ गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: